» » सुनसरी मोरगं सिचाइए योजना नहरको मर्मत अन्तिम चरणमा

मोरङ, जेठ १३ गते । २२ करोड रुपियाँको लागतमा सुनसरी–मोरङ सिँचाइ योजना विराटनगरले गरेको मोरङ र सुनसरीका विभिन्न नहरको मर्मत सम्भार कार्य अन्तिम चरणमा पुगेको छ ।

धानको बीउ राख्ने समय सुरु हुनै लागेकाले अबको एक हप्तामा मर्मतका सबै काम सकिने योजनाले जनाएको छ । सुनसरीको रामगन्ज तथा सीतागन्ज शाखा नहर अन्तर्गतको जीर्ण भइसकेको नहरको मर्मत कार्य अन्तिम चरणमा पुगेको हो ।

लामो समयदेखि जीर्ण रहेको नहरको पुनःनिर्माण नहँुदा सिँचाइमा बाधा उत्पन्न भएको थियो । योजनाले नहरको मर्मत गरेपछि स्थानीयवासी हर्षित भएका छन् ।

विश्व बैंकको ९० प्रतिशत, नेपाल सरकार र उपभोक्ता समितिको १० प्रतिशत लागतमा निर्माण भइरहेको सो नहरको निर्माणबाट सीतागन्ज र रामगन्ज शाखाअन्तर्गत करिब १५ हजार हेक्टर जमिन सिञ्चित हुने योजना प्रमुख लक्ष्मणप्रसाद सिंहले जानकारी दिनुभयो ।

सिँचाइ मन्त्रालयअन्तर्गत आईडब्लुआरएमपी अन्तर्गत भएको सो नहरमा लाइनिङको व्यवस्था, इक्युडक्ट, हेवर्क्स निर्माण, ग्राभेलिङ र माटो सफाइ लगायतका कार्य भएको योजनाले जनाएको छ । २२ करोड रुपियाँमध्ये चार ठेकेदार कम्पनीमार्फत १८ करोड रुपियाँको लागतमा दुईवर्षे निर्माण लक्ष्यअनुसार नहरको पूर्वाधार निर्माण भइरहेको छ भने उपभोक्ता समितिमार्फत चार करोड रुपियाँको लागतमा नहरको माटो सफाइ कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै, सुनसरी–मोरङ सिँचाइ योजनाअन्तर्गत कोसीको चतरा मूलनहर, सुखचैना, झुम्का, हुरहुरिया, झमनपुर, विराटनगर लगायतका शाखा तथा उपशाखा नहरको मर्मत तथा मर्मतसम्भार कार्य अन्तिम चरणमा पुगेको छ । चार दशकअगाडि भारत सरकारद्वारा निर्माण गरिएको सो योजना अन्तर्गतको नहरबाट सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।

नहरको मूल लम्बाइ ५४ किलोमिटर रहेको योजनाले जनाएको छ । लामो समयदेखि सुनसरी मोरङका स्थानीयवासीद्वारा अतिक्रमणमा परेको नहरलाई दुई वर्षअगाडि तत्कालीन आयोजना प्रमुख महाजन यादवले अतिक्रमण मुक्त गर्नुभएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..