» » शम्भु निर्दोषीले भन्नुभयो, महाधिवेशनमा धाँधली भयो (हेर्नुस् नयाँ कार्यसमितिको लिस्ट)

शम्भु निर्दोषी
काठमाडौ जेठ १ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका भातृसंगठन तराई मधेश विद्यार्थी फ्रन्टको महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले मनिष मिश्रलाई फ्रन्टको अध्यक्षमा चयन गरेपनि त्यसमा अन्य उम्मेदवारहरुले असन्तुष्टि जनाएको छ ।

महाधिवेशनस्थलबाट प्राप्त सुचनाको आधारमा मनिष मिश्र फ्रन्टको अध्यक्षमा चयन भएको समाचार हामीले हिजो राती प्रकाशित गरेका थियौ तर त्यो समाचार गलत हो भन्दै अध्यक्षका अर्का उम्मेदवार शम्भु निर्दोषीले फोन गरि गलत ढंगबाट मिश्रलाई अध्यक्ष बनाएको दावी गर्नुभएको छ ।

रोसन चौधरी वा आफूलाई अध्यक्ष माग बनाउनु पर्ने भनेको र त्यसमा बहुमत साथीले समर्थन पनि गरेको बताउँदै उहाँले कसैमा सर्वसम्मति नभए चुनाव गराउन माग गरेको तर त्यहाँका नेताहरु जर्वजस्ती मनिष मिश्रलाई अध्यक्ष बनाउन खोज्दा आफूहरु बन्दसत्र बहिष्कार गरेर निस्केको दावी गर्नुभयो । उहाँले १८ जिल्लाका विद्यार्थी नेताले बष्हिकार गरेको पनि दावी गर्नुभयो ।
अध्यक्ष–मिनिष मिश्र

निर्वाचन समितिका गोपाल ठाकुरले यहाँ कुनै धाँधली नभएको बताउनुभयो । विना कारण दुईचार जना वहिष्कार गरेर निस्केपछि चुनाव प्रकृया स्थगित हुँदैन नि, उहाँले भन्नुभयो, उहाँहरुले नै चुनाव होइन सर्वसम्मतिबाट कार्यसमिति बन्नुपर्छ भन्नुभयो, फेरि जसमा सर्वसम्मति हुन्छ उहाँ नै अध्यक्ष बन्ने हो । र हामीले प्रकृया र विधि पुर्याएर मिनिष मिश्रलाई अध्यक्षमा चयन गरेका छौ । २२ जिल्लाका प्रतिनिधिहरुको हस्ताक्षर त्यसमा रहेको छ ।’
यस विषयमा नव निर्वाचित अध्यक्ष मिश्रसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

नयाँ कार्यसमितिका सदस्यहरुः
अध्यक्ष–मिनिष मिश्र
उपाध्यक्ष–सुभाष कर्ण
–लालबाबु यादव
–रामेश्वर कुशवाहा
महासचिव–ओमलोक सिह
 –युवराज मौर्य
सहसचिव–उमेश यादव
–मिथलेश यादव

कोषाध्यक्ष–ज्योती चौधरी
केन्द्रीय सदस्यहरु
१.बुधनारायण मण्डल
२.सुरेश गिरी
३.बीपी मण्डल
४.अनिल कुमार मण्डल
५.सुरेशकुमार मण्डल
६.श्याम केसरी
७.रोषण मिश्रा
८.सन्तोष यादव
९.भारत भुषण पाण्डे
१०.रविण मिश्रा
११.हरि सहनी
१२.राधेश्याम यादव
१३.मोहन मिश्र
१४. हरि ज्ञवाली
१५. कविता दहाल
१६.राधेश्याम यादव
१७.मोहन मिश्रा
१८.नितेष झा
१९.असमा बानु
२०.रत्नेश्वर झा
२१.धिरेन्द्रकुमार साफी
२२.राकेश ठाकुर
२३.अभय कान्त झा
२४.संजय चौधरी
२५.अजय मौरिया
२६.सुधिर आचार्य 



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..