» » इसान र रियाद रिहाय


काठमाडौ जेठ ९ गते । मधेश आन्दोलनको क्रममा मधेशको हुलाकी सडकमा हिडेर त्यहाँको जनताको अवस्था बुझ्ने प्रयास गर्नुभएको इशानलाई आज प्रहरी हिरासबाट रिहाय हुनुभएको छ । 

सिहदरवारको गेटमा रगत जस्तो रंग पोत्ने क्रममा आज साँझमा उहाँ पक्राउ पर्नु भएको थियो साथमा मोहम्मद रियाद साफ्री पनि पक्राउ पर्नु भएको थियो । उहाँ दुवैजनालाई साँझ साढे आठ बजे छाडेको समाज सेवी सरोज रायले जानकारी गराउनु भयो । 

मधेश आन्दोलन प्रति भएको दमन, जनजाति, थारू लगायत सबै उत्पिडित जातजाती ले गरिरहेको आन्दोलन प्रति सरकारको उदासीनता देखेर इशानले आज ५ बजे बेलुका सिहंदरबारको प्रखालमा रगतको रंग तोपेर सांकेतिक विरोध गर्नुभको थियो । त्यही क्रममा ईशान र मो. रियाज साफीलाई हिरासतमा लिई अनुसन्धान विभागले टेकु परिसरमा राखेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..