» » राष्ट्रपतिको भ्रमण रद्द भएपछि भारत आश्चर्यमा


काठमाडौ वैशाख २२ गते । एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थतिग गर्ने सन्देशसँग भारतीय अधिकारीहरुले आश्चर्यचकित भएका छन् ।

परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन । ‘हामीले तयारी गरिसकेका थियौं, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने ।

राष्ट्रिपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो ।

‘सन्चोबिसन्चो साधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरुलाई के भन्नेमा पनि समस्या थियो’, राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..