» » राजेन्द्र महतोले भन्नुभयो, मधेशी मोर्चालाई कसैले आर्यघाटमा पुर्याउने सपना नदेखे हुन्छ


काठमाण्डौ, जेठ १२ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ुसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई कसैले आर्यघाटमा पुर्याउने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

संघीय समाजवादी फोरम नेपाल संघीय गठबन्धनलाई अगाडी बढाउँदै मधेशी मोर्चालाई छायाँमा पारेको आरोप सद्भावना पार्टीका नेताहरुले लगाउँदै आएको पछिल्लो अभिव्यक्तिको रुपमा महतोको यो भनाई आएको हो ।

सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले हामीलाई पठाएको समाचार अनुसार अध्यक्ष महतोले आज सम्पर्क कार्यालयमा सचारकर्मीहरूसँग प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताको लागी लेखेको पत्र सम्बन्धमा प्रतिक्रिया दिंदै मोर्चाले पठाएको पत्रले सरकारबाट आन्दोलनको मागबारे पनि चित्तबुझ्दो जवाफ नपाएसम्म मोर्चा वार्तामा बस्नुको कुनै औचित्य नरहेको स्पस्ट पार्नुभयो ।

सरकारले गत वैशाख २६ गते मोर्चालाई वार्तामा आउनका लागि पत्र पठाएको थियो । जसको जवाफमा मोर्चाले वैशाख ३० गते सरकारलाई पुनः पत्र पठाएको थियो । त्यही पत्रको आधारमा जेष्ठ १० गते सरकारले दोस्रो पत्र पठाउँदै मोर्चालाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

महतोले मोर्चाको चाँडै बस्ने बैठकले सरकारसँग वार्ता गर्ने, नगर्ने वा पत्र लेखेर नै जवाफ दिने बारे निर्णय गरिने पनि बताउनुभयो । अहिले मोर्चा सहितको संघिय गठबन्धनले आन्दोलन गरिरहँदा प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्तामा बस्न पठाएको पत्रले संघिय गठबन्धनमा खैलाबैला मच्चाईएको बेला महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आफ्नै ईतिहास रहेका समाचारमा उल्लेख छ।

बिगत ६७ महिनादेखि यही मोर्चाको ब्यानरमा एतिहासिक आन्दोलनमा पाँच दर्जन आन्दोलनकारीले शाहदत दिएको छ, मोर्चाको राष्ट्रिय(अन्तराष्ट्रिय पहिचान र मान्यता पनि छ भनि भन्नुभयो ।

केही मोर्चाकै नेताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको औचित्य समाप्त भैईसकेको भनाई प्रति कडारूपमा प्रस्तुत हुँदै महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई कैसैले आर्यघाटमा पुर्याउने सपना नदेखे हुन्छ भनि चेतावनी दिनुभयो ।

महतोले सरकार वार्ताप्रति पटकै ईमान्दार छैन। सरकारले आन्दोलन तुहाउन र देश बिदेशलाई देखाउनलाई मात्रै वार्ताको लागी आहवान गरेकोु आरोप लगाउँदै उहाँले मोर्चाले सरकारसँग ३६ पटक वार्ता गरेको तर सरकार कहिले गम्भीर नभएको आरोप लगाउनुभयो ।

आफुहरूले दुई दुई महिना आन्दोलनको स्वरूप परिवर्तन गरे पनि सरकारले वार्ताको वातावरण नबनाएको आरोप समेत लगाए । सरकारले आन्दोलनमा मारिएकालाई शहिद घोषणा तथा क्षतिपूर्ति प्रदान, घाईतेहरूलाई उपचार र आन्दोलनकारीहरू माथि लगाईएको मुद्दा फिर्ता गरेर वार्ताको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

महतोले अन्तरीम सम्बिधानमा पाएको अधिकार पनि खोसियो र बिभिन्न आन्दोलनकारीहरू सँग भएको सम्झौताहरूलाई लत्याउँदै कोईराला, ओली र दहालले प्रतिगामी सम्बिधान बनाएको आरोप समेत लगाउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..