» » सिचाई मन्त्रीले भन्नुभयो, यो विशेष प्रकारका सरकार भएकाले आफ्नो दायित्व पूरा गरेर मात्र विश्राम लिन्छ


पर्वत जेठ ३ गते । सिँचाई मन्त्री उमेश कुमार यादवले जसरी सबै दलहरु एकजुट भएर सविधान निर्माण गरे त्यसरी नै त्यसलाई कार्यान्वयनमा एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो ।

वर्तमान सरकारले सविधान निर्माणपछि त्यसलाई कार्यान्वयन गराउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सविधान निर्माण कार्यान्वयनका लागि विभिन्न नीति तथा कानुनहरु संशोधन तथा निर्माण कार्य शुरु भएको बताउनु भयो । जारी भइसकेको सविधान लागु नहोस्, कार्यान्वयनमा नआओस् भनि विभिन्न शक्तिहरु लागेका छन् तर वर्तमान सरकारले ती सबैलाई नजरअन्दाज गर्दै सविधान कार्यान्वयनमा विशेष जोड दिएको उहाँले बताउनुभयो ।

फलेवास सिचाई प्रणालीको सिंचाइ व्यवस्थापन हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्नु हुँदै उहाँले यो सरकार विगतको सरकारको निरन्तरता होइन, सविधान निर्माण भएपछि गठन भएको विशेष प्रकारको सरकार भएकाले यसले आफ्नो दायित्व पूरा गरेर मात्र विश्राम लिने बताउनुभयो ।
उहाँले भन्नुभयो, नेपाली जनता स्वभिमान हो भने कुरा पटक पटक परिचय दिइसकेकाले अब यसलाई कसैले दवाउने प्रयास नगरे हुन्छ । नेपाली जनता भोकै बसे तर कसैको अगाडि झुकेन यो भन्दा अरु प्रमाण राष्ट्रियताको के हुनसक्छ ।’ नेपाल दुई देशबीच तरुल नभइ डाइनामाइट भएको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक धेरै भयो अब विकास गरौ भनि उहाँले आग्रह गर्नुभयो ।

एक समय थियो, यहाँका खद्यान्न विदेश निर्यात हुन्थ्यो तर अहिले हामी हरेक कुरामा परनिर्भर भएका छौ, उहाँले भन्नुभयो, परनिर्भर नहुनका लागि वैज्ञानिक कृषिमा ध्यान दिनुपर्छ ।’ कृषि मन्त्रालय र सिचाइ मन्त्रालयबीच समय भइरहेको जानकारी गराउँदै उहाँले कृषि मन्त्रालयले कृषिका लागि पकेट क्षेत्र घोषणा गरेको ठाउँमा जसरी पनि सिचाई पुर्याउने लक्ष्य आफूले लिएको बताउनुभयो ।

देशलाई पूर्ण सिचित बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै उहाँले त्यसका लागि समृद्ध तराई मधेश सिचाइ विशेष कार्यक्रम तथा पहाडका लागि टार विशेष कार्यक्रम पनि घोषणा भइसकेको बताउनुभयो । घोषणा भएका विशेष कार्यक्रमलाई कार्यान्वयन गराउन अर्थ मन्त्रालयदेखि विभिन्न सरोकारबालाहरुसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

आउने पाँचवर्षभित्र सिचाइको क्षेत्रमा ठूलो फड्को मार्ने बताउँदै उहाँले यसमा किसान मजदूर तथा सरोकारबालाहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

फलेवास सिचाइ प्रणालीको सिचाई व्यवस्थापन हस्तान्तरण सम्बन्धि प्रारम्भिक सम्झौता पत्र हस्ताक्षर कार्यक्रमका प्रमुख सिचाई मन्त्री हुनुहुन्थ्यो भने सिचाई विभागका महानिर्देशक रमानन्द यादव र मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको पनि उपस्थिति थियो ।

समुदाय व्यवस्थित सिचित कृषि क्षेत्र आयोजनाका निर्देशक कौशलकिशोर झाका अनुसार फलेवास सिचाई योजना सम्पन्न भएपछि तीनसय ३८ हेक्टर जमिन सिचित हुनेछ । यस आयोनाका लागि पाँच करोड त्रिहत्तर लाख असि हजार चार सय साठी रुपियाँ लागत अनुमान गरिएको छ ।

सम्झौतपत्रमा उल्लेख भए अनुसार नहर प्रणालीमा विद्यमान संरचनाहरुको सुधारका अतिरिक्त कृषि उत्पादन बृद्धि गर्न आवश्यक उन्नत बीउ, प्राविधिक सहयोग, कृषि तालिम जल व्यवस्थापन तालिम जस्ता कार्यक्रमहरु सञ्चालन हुनेछ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..