» » श्रीमान, श्रीमतीले खाएको विषले श्रीमतिको मृत्यू


बैतडी, जेठ १० गते । विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ भने २४ वर्षीय श्रीमान् प्रभु सिंह बिरामी भएका छन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..