» » प्रधानमन्त्री ओली भारतप्रति झन कडा

काठमाडौ बैशाख २४ गते । भारतले आफ्नो नेतृत्वको सरकार ढाल्ने प्रयास गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति झन कडा हुनुभएको छ ।

भारतको इच्छा विपरित सरकार गठन गरि सोही अनुसार सञ्चालन गर्दै आएका ओलीप्रति भारत पनि सकारात्मक छैन । पछिल्लो समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, र एमाओवादीका महासचिव कृष्णबहादुर महराको सहयोगमा सरकार ढाल्न अगाडि बढी सकेको थियो ।

एमाओवादीले समयमा बुद्धि नपुर्याएको भए सरकार ढलेर यतिखेर अर्को सरकारको प्रकृया शुरु भइसकेको हुन्थ्यो । त्यही भएर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पनि रद्द गरेको छ । भारतको भ्रमणको अन्तिम तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले त्यसलाई रोकेर भारतलाई सांकेतिक जवाफ दिनुभएको हो ।

त्यति मात्र होइन, आजै उहाँले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई पनि फिर्ता बोलाएका छ । सरकार ढाल्नमा भारत पक्षलाई सहयोग गरेको आरोप उहाँमाथि लगाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..