» » आधिकारिक टे«ड युनियनको निर्वाचन आज


काठमाडौँ, जेठ १९ गत। निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचन आज बिहान ९ बजेदेखि सुरु भएको छ ।


प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले देशभर बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको जानकारी दिनुभयो ।

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन आज अपराह्न ५ बजेसम्म चल्नेछ । यसैबीच, सरकारले निजामती कर्मचारीलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।


यसरी ढाँट्दैछन् मधेशी निजामति कर्मचारी मञ्चले

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..