मनिष गुप्ता
कपिलवस्तु जेठ १६ गते । बाणगांगा नगरपालिकाको जितपुरमा बेवारिसे अवस्थामा भेटिएको एक्साभेटर जिबिस कपिलवस्तुको रहेको खुलेको छ ।
गत जेठ १२ गते कृष्णनगर भन्सार कार्यालय र शसस्त्र प्रहरी बल राजस्व भन्सार सुरक्षा गुल्म कृष्णनगर सयुक्त टोलीले बेवारिसे भन्दै नियन्त्रणमा लिई भन्सारलाई बुझाईएको थियो ।
कुनै कागजात नभेटिएको र कसैले दाबी समेत नगरेकोले टोलीले एक्साभेट नियन्त्रणमा लिएको थियो । जिबिस राजस्व फाटका प्रमुख सन्तराज आर्चयले कोरियामा बेनको हुणई कम्पनीको उक्त एक्साभेटर जिबिसको रहेको जानकारी दिनुभयो ।
बेवारिसे भन्दै नियन्त्रणमा लिईएको सो एक्साभेटर सोधखोज गर्दा जिबिसको रहेको भेटिएको उहाले बताउनुभयो । उहाँका अनुसार २०७२ पुसमा निर्माण ब्यवसायी नारायण भुसालले लालपुरको शितलापुर बाँध निर्माणका लागि भाडामा लानु भएको थियो ।
भुसालले लानु भएको सो एक्साभेटको अवस्था बारे जिबिसले कुनै चासो देखाएको थिएन । तर भुसालले मिलेमतोमा सो एक्साभेटर पाल्पामा लगेको भन्ने पटक पटक जिबिसमा चर्चा चलेको थियो ।
चर्चा चलेको एक महिना मै सो एक्साभेटर जितपुरमा बेवारिसे भेटिएको थियो । प्रमुख आचार्यले चर्चा चले पछि आफुले ठेकेदार भुसाललाई फोन मार्फस सोधखोज गरेको बताउनुभयो ।
जिबिसमा राख्ने स्थानको अभावले गर्दा ल्याउन समस्या परेको उहाँले बताउनुभयो । एक्साभेटको अवस्था बारे ठेकेदारले ढाटेको उहाले बताउनुभयो ।
कुनै जानकारी नगराएको दाबी गर्नुभयो । ‘ जितपुरमा बेवारिसे एक्साभेट राखिएको कुरा सुन्दा दंग परेको थिए उहाले भन्नुभयो । जिविसको एक्साभेटर बेवारिसे भेटिएको घटनालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
एक्साभेटरको बिषयमा छानबिन हुनु पर्ने आवाज समेत उठेको छ ।
स्थानीय विकास अधिकारी चन्दकान्त न्यौपानेले भन्सारमा लगिएको सो एक्साभेटर जिबिसमा ल्याईने बताउनुभयो ।

No comments: