» » पनामा पेपर्समा उपेन्द्र महतोसहित सातजना नेपालीको नाम


काठमाडौँ बैशाख २८ गते । विश्वभर हङ्गामा मच्चाएको पनामा पेपर्स दस्तावेजमा रहेका नेपालीहरुको नाम सार्वजनिक भएको छ।

विश्वका धनी र शक्तिशाली नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा शेल (छायाँ, कागजी) कम्पनीहरुमार्फत् गरेको लगानीको खुलासा भएको लिक खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे) ले सोमबार मध्यराति गरेको हो।

लिक भएका दस्तावेजमा सात जना नेपालीको नाम रहेको छ। त्यसमा उपेन्द्र महतो, चौधरी ग्रुपका एमडी अरुणकुमार चौधरी र चौधरी थर भएका थप तीन जना रहेका छन्। त्यसैगरी नवाङ डोल्मा र उमादेवी सि‍ंहानियाको नाम पनि पनामा पेपर्समा भेटिएको छ।

उपेन्द्र महतो
​नेपालको सिराहा ठेगाना देखाएका उपेन्द्र महतो ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन्। स्पार्टली भेन्चर्स लिमिटेड २६ जुन २००८ मा दर्ता भएको छ भने २०११ को मे १६ मा निस्क्रिय भएको छ।

दस्तावेजमा यसको स्टायटसमा एजेन्ट परिवर्तन गरिएको भनिएको छ। स्पार्टली कम्पनीको ठेगाना भने युएईमा रहेको छ।

महतो सेयरहोल्डर भएको अर्को कम्पनी हो( पन्कुर फाइनान्सेज लिमिटेड। यो पनि सोही मितिमा दर्ता भएर सोही मितिमा निस्क्रिया र एजेन्ट परिवर्तन स्टायटस देखिएको कम्पनी हो। यसको ठेगाना पनि युएईमा नै रहेको भनि पहिलोपोष्टमा छापिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..