![]() |
महराको जग्गामा निर्माणाधिन सिटीभीटीको भवन |
काठमाडौ बैशाख २५ गते । देशमा राजनीतिक ध्रुवीकरण बढी रहेको बेला चिनिया कम्युनिष्ट पार्टीका दुई जना प्रतिनिधि गोप्य ढंगबाट रोल्पाको भ्रमण गरेका छन् । रोल्पा जाने वित्तिकै उहाँहरु लेवागंस्थित पार्टीका महासचिव कृष्णबहादुर महाराको घर पुग्नु भएको थियो ।
उहाँको घर अवलोकनपछि त्यही बनि रहेको सिटभिटीको कार्यालय (भवन) को पनि अवलोकन गर्नुभयो । चिनियाँ प्रतिनिधि रोल्पा जाँदैछन् भने कुरा त्यहाँका स्थानीय प्रसशान तथा माओवादी नेताबाहेक कसैलाई थाह थिएन । सिटीभीटीको भवन अवलोकनपछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मासँग भेटेर सोही दिन फर्किनु भयो । ती प्रतिनिधिहरुलाई अझै एक दुई दिन त्यहाँ बस्नु थियो तर भ्रमणको बारेमा टिकाटिप्पणी हुन थालेपछि सोही दिन उहाँहरु फर्किनुभयो ।
स्थानीय प्रशासनले भने ती प्रतिनिधि चिनियाँ दूतावासका भएको र सामान्य भेटका लागि जिल्ला आएको बताएको छ । तर एमाओवादीका कार्यकर्ताले चिनिया कम्युनिष्ट पार्टीका सदस्य भएको र भाइचारा सम्बन्धका आधारमा भेट गरेको बताएका छन् । केही वर्ष अघिदेखि निर्माणाधीन अवस्थामा रहेको सिटीभीटीलाई जग्गा एमाओवादी महासचिव महराले निस्शुल्क उपलब्ध गराउनु भएको हो ।
No comments: