» » जयकृष्ण गोइतले सशस्त्र क्रान्ति सफल पार्न ल्याउनु भयो यस्तो विज्ञप्ति


प्रेस विज्ञप्ति
नेपाली औपनिवेशिक शासनबाट मातृभधमि तराईलाई मुक्त गर्नको निम्ति तराई मुक्ति आन्दोलन प्रति समर्पित क्रान्तिकारी संगठनहरुको बीच एकता अपरिहार्य र अत्यावश्यक भएकोले तराई मुक्ति मोर्चा, जनतान्त्रिक मधेश तराई मुक्ति मोर्चा र अखिल तराई मुक्ति मोर्चा गरी तीन संगठनहरुका नेता कार्यकत्र्ताहरुको २०७३ जेठ ५ गतेदेखि प्रारम्भ भई जेठ ७ गते सम्पन्न भएको एकताको सम्मेलन तराईका मधल निवासिहरुको अग्रदस्ताको नामाकरण ८ जनतान्त्रिक तराई मत्रक्ति मोर्चा (क्रान्तिकारी) ६ र यसको अध्यक्ष जयकृष्ण गोईतलाई चयन गरिए पश्चात् यस गौरवशाली क्रान्तिकारी मोर्चाको प्रथम केन्द्रीय समितिको बैठक अध्यक्ष जयकृष्ण गोईतको अध्यक्षतामा हालै सम्पन्न भयो । 

उक्त बैठकले लिएको महत्वपूर्ण निर्णयको सार संक्षेप सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ ।

१. बैठकको प्रारम्भमा महान् तराई मुक्ति युद्धमा शहादत प्राप्त गर्नु भएका वीर अमर शहीद देवनारायण यादव (प्रशान्त), विनय कुमार महतो (सधरज), शम्भु प्रसाद यादव (अजय),  राजकुमार मिश्र, विहारी महतो, रुदल महतो लगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति आ–आफ्नो स्थानमा उभी मुट्ठी कसेर हाथ उठाई एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धांजली अर्पण गरियो ।
२. बैठकमा सहभागी सम्पधर्ण केन्द्रिय सदस्यहरुले आ–आफ्नो अनत्रभधति अभिव्यक्त गर्नुको साथै आगामी आउने जिम्मेवारी प्रति प्रतिवद्धता व्यक्त गरियो ।
३. सुदृढ संगठन र धनीभूत संघर्षको लागि जिल्ला, गाउँ र टोलहरुमा रहेका तिनैवटै मोर्चाका सदस्यहरुलाई एक जत्रट गरि जिल्ला, गाउँ र टोल समितिहरु निर्माण गर्ने साथै योग्य र सक्षमहरुको मोर्चामा आबद्धता बढाउने निर्णय भयो । जनवर्गीय संगठनहरु मध्ये महिला, विद्यार्थी, यत्रवा र किसान संगठनहरु निर्माण गर्ने निर्णय भयो ।
४. बैठकले फौजी, गैरफौजी संघर्ष, प्रचार–प्रसार र आर्थिक सम्बन्धमा पनि महत्वपूर्ण निर्णयहरु लियो ।
५. बैठकले जाड रक्सी निषेधित तराईको लागि सशक्त अभियान चलाउने निर्णय गरियो ।
६. बैठकले मोर्चाका नेता कार्यकत्र्ताहरुको बैठक, भेला वा एक आपसमा भेंटहत्रने, छत्रटने वेला अभिवादन स्वरुप दरिल्यो मुट्ठी कसेर हाथ उठाई द्मजय मातृभधमिÞ शब्दावली सम्बोन्धन गर्नको साथै टेलिफोन वा मोवाईलको माध्यमबाट सम्पर्क अथवा पत्राचार गर्दा पनि अभिवादन स्वरुप द्मजय मातृभधमिÞ शब्दावली नै सम्बोन्धन गर्ने निर्णय गरियो ।
७. एकताको लागि बाँकी क्रान्तिकारी समधहहरु बीच छलफल बहसका साथै एकजत्रट हत्रन आºवान गर्ने निर्णय भएको साथै बैठकले आत्म समर्पणवादी, यथास्थितिवादी, विसर्जनवादी र औसरवादीहरुको भ्रममा अल्झिएका तराईका मधल निवासी नेता, कार्यकत्र्ता तथा अन्य स्वतन्त्र व्यक्तिहरुसँग मातृभधमि तराईको मुक्तिको सम्बन्धमा छलफल बहस चलाउने निर्णय गरियो ।
अन्तमा बैठकको अध्यक्षता गरी रहेका अध्यक्षबाट बैठकमा भएको निर्णयहरुको दूरगामी महत्ववारे संक्षिप्त मन्तव्य सहित बैठकलाई समापन गरियो ।
मिति २०७३ जेठ १२ गते
(जयकृष्ण गोइत)
अध्यक्ष
केन्द्रिय समिति

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..