» » छोरी जन्माएपछि महिला हिंसाको यो नमुना

पर्सा जेठ १२ गते । श्रीमान तथा सासु ससुराले मानसिक यातना दिएपछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीलाई हत्या गरि आफै आत्महत्याको प्रयास गर्नुभएको थियो ।
बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सबिता देवीले आफना छोरीहरु चार वर्षीया काजल र अढाइ वर्षीया अनिताको हत्या गरेकी हुन् ।

वीरगन्ज उपमहानरपालिका वडा नम्बर ८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको जेठ ११ गते साँझ सिंगहा नदीको पानीमा दुवै छोरीलाई चोबेलेर सविताले हत्या गर्नुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

छोरीहरुको हत्या पश्चात स्वयं पनि आत्महत्याको प्रयास गर्नुभएको थियो । तर, गाँउलेले देखेपछि आत्महत्या गर्न पाउनु भएन । 

सिंगहा नदिको छेउमा रहेको सिसौंको हाँगा काट्न गएका भेडियाहीका साबीर भेडिहरले सबै भन्दा पहिले सबिताले दुई बालिकालाई नदीको पानीमा चोबेको देखेपछि उहाँले गाउँलेलाई बोलाउनु भएको थियो । स्थानीयहरुले पानीमा रहेका दुई बालिकालाई तत्कालै पानीबाट झिकेपनि बचाउन सकेका थिएन । उहाँहरुका अनुसार ती दुईबालिको मृत्यू पानीमै भइसकेको थियो ।
म बन्चरो लिएर सिसौको हाँगा काट्न आएको थिए, साबीरले भन्नुभयो, ‘नदीको पानीमा रातो सारी लगाएकी महिलाले पानीमा बच्चालाई डुबाएको जस्तो देखेपछि मैले चिच्याएर अरुहरुलाई बेलाएका थिए । तर बाहिर निकाल्दा दुवै बच्चाको प्राण गइसकेको थियो ।’

बच्चाहरुलाई पानीमा चोबेलेर मारेपछि ती महिलाले पनि पानीमै डुबेर आत्महत्याको प्रयास गर्नुभएको थियो । तर नदीमा तीन चार फिट मात्र पानी भएकाले उहाँको त्यो प्रयास असफल भएको थियो सविरले भन्नुभयो । 

गाँउलेले खबर गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुग्दा मृतक दुवै नाबालिकाको शव नजिकै सबीता देवीले टाउको बजारेर रुदै गरेको अवस्थामा भेटिएको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक जयराम यादवले बताउनुभयो ।

सबिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । 
मृतक दुवै बालिकाको शव पोष्टर्मामका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो ।

घरमा श्रीमान् र सासु ससुराले मानसीक यातना दिएपछि झगडा गरेर सोमवार सविता आफना दुई छोरीलाई लिएर वीरगन्ज १५ मुर्लीमा अवस्थित दिदीको घरमा आउनु भएको थियो । 

कलैयाको बरेवामा रहेको घर फर्कनका लागि भन्दै मङगलवार मध्यान्ह १२ बजे तिर दिदीको घरबाट निस्किनु भएको उहाँले भेडियाहीमा रहेको सिंगहा नदी नजिक आएपछि दुवै छोरीलाई तिमिहरु घर जाऊ, म यही बस्छु भने तर ती बालिकाहरुले जान मानेन्, त्यही करणले रिस उठेपछि पानीमा डुवाएर मारेको प्रहरी समक्ष ब्यान दिनुभएको छ । 

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सविता देवीले घरपरिवारबाट मानसिक यातना दिएका कारण छोरीको हत्या गरेको बताउनु भएको छ । 

घरमा श्रीमान र सासु ससुराले छोरीकै कारण विभिन्न बहाना बनाएर अनावश्यक रुपमा मानसिक यातना दिदै आएकाले आफूले घर छाडेर हिँडेको उहाँले प्रहरी समक्ष बयान दिनुभएको छ । 
 शैलेन्द्र साहको फेसबुकबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..