» » महिलालाई नै बेच्ने दुई महिला पक्राउ


काठमाडौँ, जेठ १४ गते । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बेचबिखनमा संलग्न भएको आरोपमा उदयपुर, बेलटार बस्ने ३१ वर्षीया बिना तामाङ र उदयपुर पुरन्दह बस्ने २५ वर्षीया बालकुमारी विकलाई बिहीबार पक्राउ गरेको हो ।

विभिन्न बाहाना तथा वैदेशिक रोजगारको प्रलोभन देखाइ काँकडभित्ता हुँदै भारतको राजधानी नयाँ दिल्लीबाट कुबेत पठाउन लागिएका चार महिलालाई विशेष सूचनाका आधारमा महाशाखाको टोलीले कोटेश्वरबाट बिहीबार उद्धार गरेको थियो ।

प्रहरीले कोटेश्वरबाट काँकडभित्तातर्फ जाँदै गरेका अवस्थामा बा१ज ३१२१ नंको भाडाको हाइस गाडीमा जाँच गर्ने क्रममा चार जना पीडित महिलासहित बेचबिखनमा संलग्न दुई महिलालाई पक्राउ गरेको हो ।

तामाङ र विकलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दाका कारबाहीका लागि महानगरीय परिसर काठमाडौँमा पठाएको महाशाखाले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागमार्फत श्रम स्वीकृति लिएरमात्रै जान पाउने कानुनी प्रावधान भए पनि दलालले भारतको बाटो हुँदै महिलालाई लैजाने गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..