» » भारतले नेपालमा सम्झे रवीन्द्रनाथ टेगोरलाई


काठमाडौ, जेठ ६ गते । बिपी कोइराला नेपाल–भारत फाउन्डेसले प्रसिद्ध भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरलाई सम्झिएको छ ।

राजधानीस्थित नेपाल–भारत पुस्तकालयमा बुधबार आयोजित कार्यक्रममा उहाँको विषयमा सत्यजित रायले बनाएको वृत्तचित्र ‘रवीन्द्रनाथ टेगोर’ प्रदर्शन गरियो । वृत्तचित्रमा ८० वर्षे जीवनमा उहाँले भोगेका कुरालाई देखाइएको छ । महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइनलगायत उच्च व्यक्तित्वसँग टेगोरको निकटतासमेत वृत्तचित्रमा देख्न सकिन्छ ।

सन् १८६१ मा भारतको कलकत्तामा जन्मिएका टेगोरका विशेषतः बङ्गाली र अङ्ग्रेजी भाषामा लेखिएका कृति छन् जसमध्ये, ‘गीताञ्जली’, ‘गोरा’, ‘अमर सोनार बङ्गला’, रवीन्द्र सङ्गीतलगायत प्रसिद्ध छन् । टेगोरले सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार पाउनुभएको थियो । यससँगै उहाँ त्यस विधामा पुरस्कार पाउने पहिलो युरोपेलीइतर नागरिक हुनुभयो ।

कार्यक्रममा समीक्षक प्रकाश सायमीले टेगोर साहित्यसँगै सङ्गीत विधामा पनि उत्तिकै प्रभावशाली भएको बताउँदै नेपालमा हरेक वर्ष उहाँको नाममा गायन प्रस्तुति हुने गरेको स्मरण गर्नुभयो ।

फाउन्डेसनका अध्यक्ष रुवी जसप्रीत शर्माले टेगोरको महिमा विश्वभरि फैलिएको बताउँदै उहाँका बारेमा जति वृत्तचित्र बनाए पनि कमी हुने बताउनुभयो । फाउन्डेसनले हरेक महिना फरक फरक विषयमा यस्तै कार्यक्रम गर्दै आएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..