» » मधेशदेखि सिहदरवार, सिहदरवारदेखि बालुवाटारसम्म मधेशी महिलाको ललकार (हेर्नुस् फोटो फिचर)

काठमाडौं जेठ ४ गते , धनुषा रमदैयाका सुनिता महरा चार दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहनु भएको छ । उहाँको श्रीमान फेकु महरा पञ्जावमा खटि रहनु भएको छ । यता सुनिता मधेश आन्दोलनदेखि बालुवाटार आन्दोलनसम्म निरन्तर लाग्नु भएको छ । 

सुनिता महरा जस्ता सैकडो मधेशी महिला सिहदरवार र बालुवाटारमा अधिकारका लागि नारा घन्काउनु भयो । जुन मधेशी महिलालाई चुल्हो चौकाबाट फुर्सद थिएन । घुघँटमा बस्नु परेको थियो आज बालुवाटारसम्म पुगेर आफ्नो अधिकारका लागि अवाज लगाउनु भयो ।

सिहदरवार र बालुवाटार घेराउ कार्यक्रममा प्रहरीसँग झडप हुँदा धेरै महिला घाइते पनि भएका छन् । कसैको टाउँकोमा चोट लागेको छ भने कसैको घुँडामा भने कसैको हातमा चोट लागेको छ । तैपनि ब्याण्डेज लगाएर उहाँहरु निरन्तरण आन्दोलनमा लाग्नु भएको छ ।


उहाँहरु भन्नुहुन्छ, आफ्नो अधिकारका लागि आफै नडे हुँदैन । पुरुषकै भरमा मात्र महिलाले अधिकार पाउँदैन भनि बुझेर नै काठमाडौसम्म आएका हौं । छ महिनासम्म मधेशमा लड्यौ । अझै छ महिना काठमाडौमा लड्न तयार छौ । उहाँहरु भाषण दिनुदेखि लिएर नारा लगाउनु, नाच्नु र गाउनुसम्मको काम गर्नुभयो । त्यहाँ कुनै घुँघट थिएन । 
















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..