» » अध्यक्षमा मेरो उम्मेदवारी किन ?

पत्रकार सम्मेलनमा विज्ञप्ति पढेर सुनाउँदै महासचिव मनिष मिश्र
भोलीदेखि तराई मधेश विद्यार्थी फ्रन्टको पहिलो महाधिवेशन कलैयामा शुरु हुँदैछ । त्यसमा अध्यक्षका लागि चार पाँचजनाले उम्मेदवारी दिने भएको छ । त्यसका लागि कडा प्रतिस्पर्धा देखिएको छ । त्यसमा फ्रन्टका महासचिव मनिष मिश्र पनि अध्यक्षका एक उम्मेदवार हुनुहुन्छ । उहाँले आफूलाई नै सबभन्दा एक नम्बरको कर्मठ उम्मेदवार ठान्नु ुभएको छ ।

अध्यक्षका अरु उम्मेदवार साथीहरुले आफूलाई सहयोग गर्ने विश्वास लिएर महाधिवेशनको तयारीमा जुटनु भएको छ । आज कलैयाको पत्रकार सम्मेलन स्थलमा भेटनु भएका महासचिव मिश्रलाई हामीले सोधेका थियौं तपाईलाई नै अध्यक्ष बनाउनुपर्ने १० कारण भन्नुस् त भनि सोध्दा उहाँले यस्तो भन्नुभयो ।

१. समग्र मधेश प्रदेशका लागि लडाई भएको ठाउँमा मैले त्यसलाई समग्र मधेश प्रदेशको साथै पूर्ण शिक्षित प्रदेश बनाउन संघर्षरत रहनेछु ।

२.मधेशको राष्ट्रियता जोगाउनका लागि शैक्षिक क्षेत्रबाट दिनु पर्ने योगदानका लागि म हरदम तयार रहने छु ।

३.मधेश प्रदेश तथा मधेशको अधिकारका लागि बलिदानी दिएकाहरुको बालबच्चाका लागि निशुल्क शिक्षा हुनुपर्नेका लागि लड्ने ।

४. मधेशमा प्राविधिक शिक्षाको धेरै अभाव देखिएको छ । त्यसको पूर्तिका लागि मधेशमा प्राविधिक विश्व विद्यालय स्थापनाका लागि संघर्ष गर्ने ।

५.जहेन्दार तथा गरिब विद्यार्थीका लागि क्षात्रवृतिको व्यवस्था गर्न लगाउने तथा शिक्षा नीति समावेशी र समानुपातिक बनाउनका लागि राज्यलाई दवाव दिने ।

६.मधेशका प्रत्येक निर्वाचन क्षेत्रमा विज्ञान क्याम्पसको व्यवस्था गराउन संघर्षरत रहने ।

७.मधेशलाई राजनीतिक रुपले चेतनशिल बनाउने तथा फ्रन्टले देशको एक जिम्मेवार संगठन भएर विद्यार्थीको हकहितका लागि लड्न सिपाहीको रुपमा जुनसुकै बेला तयार रहने प्रतिवद्धता

८.मधेशी विद्यार्थीमा राजनीतिक सँस्कारको अभाव देखिएको छ त्यसका लागि राजनैतिक प्रशिक्षणको व्यवस्था गर्ने । 

९.स्नातकको विद्यार्थीलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्ने तथा शैक्षिक व्यवस्थाका लागि राज्यलाई नीतिमा नै राख्न लगाउने ।

१०. प्रमाणपत्रको आधारमा बैंकबाट सहुलियतमा ऋणको व्यवस्था गर्न लगाउने 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..