» » सहिदको बच्चा तपाईको आगाडि आई दिएपछि के गर्नुहुन्छ आइजीपी ज्यू


-बीपी यादव
आदरणी नेपाली दाजु भार्इ दिदि बहिनी,अग्रज अनुज, पत्रकारी, बुद्धिजिवी ,विभिन्न पेशासँग आबद्ध ,सरकारी पक्ष, संबैधानिक निकायमा रहेका व्यक्तित्वहरूसँग विशेष अनुरोध वर्तमान जारी आन्दोलन कुनै विशेष समुदाय,विशेष क्षेत्रको अधिकारको लागी मात्र हार्इन, कुनै एक पार्टीको पनि होर्इन, आम नेपाली जनताको अधिकारको लागी जनता नै सडकमा उत्रेको छ ।

यो जनआन्दोलन जस्तै हो वर्तमान जारी आन्दोलनलार्इ गलत ढंगले प्रचारवाजी न गरिदिन हाम्रो विशेष अनुरोध छ । कुनै पार्टी र समुदायप्रति विरूद्दको लक्षित आन्दोलन होर्इन । नितान्त अधिकार प्राप्तिको आन्दोलन हो ।

नेपालमा संघिय प्रदेशको संरचना बनाउँदा यदि आठ प्रदेश बनार्इयो भने ६ जना मुख्यमन्त्री त पहाडी मुलको मान्छे नै बन्ने भो फाइदा त जस्लाई बढी छ । आज उहहाँहरूले नै आन्दोलनको विरोधमा छन् ।किन ? किनकि अवसरहरू पनि पहाडमा बढी हुन्छ, रोजगारी पनि बढ्ने भो । त्यसैले पहाडमुलको जनताहरू सरकारमा रहेको पार्टीलार्इ दबाव दिनु कि छिटो भन्दा छिटो यो समस्याको सामाधान गर्नु होस् प्रधानमंन्त्री ज्यू ।

पहाडमा महाभूकम्प जाँदा मधेश रोइ रहेको थियो , पहाडको आँसु पुछ्न पनि पुगे आज मधेशमाथि दमन भएको छ, पहाड को जनता कि न बोल्ने ? खास गरि सुरक्षा प्रमुख प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याल ज्यू मधेशजाँदा मैथिलि भाषा भाषीसँग कुरा गर्दा म पनि मधेश को नै हुँ भन्ने गर्नुहुन्छ । उहाँलार्इ मधेशको पिडा बढी थाह हुनुपर्छ ।

भोलिको दिनमा अवकाश प्राप्त भइसकेपछि जनकपुर न गएर सुखै छैन प्रहरि महानिरिक्षक उपेन्द्र कान्त अर्याल ज्यूलार्इ त्यो बला त्यहि शहिदको परिवार र शहिदको बच्चा जानकि मन्दिरको प्रांगणमा अगाडि आर्इदियो भने के जबाब दिने प्रहरि महानिरिक्षक उपेन्द्र कान्त अर्याल ज्यू ।

नेपाल सरकार र आन्दोलनकारिको बीच वार्ताको वातावरण बनाउनमा तपार्इको पनि दायित्व बन्छ । नेपाली काँग्रस जस्तो बडो ठुलो पार्टी आज संसदमा बिपक्षिको भूमिकामा छ जस्तो जनतालार्इ अनुभुति महसुस भएको छैन् ।स्वर्गीय गिरजाप्रसाद कोर्इरालाको निधन पछि नेपालमा नेपाली कँग्रसमा नेताको खडेरि नै छ । आज एमालेको भूमिका जे जस्ता भर्इ रहेको छ ।त्यसको मुख्यकारण एनेकपा माओवादीका नेता पुष्पकमल दहाल नै हो ।

पुष्पकमल दहाल यदि देश र जनताप्रति उत्तर दायित्व भएको भए आजको नेपाल बिकास को दिशामा अगाडि बढ थियो।तर बाहुन वादको चरम उत्कर्षमा पुगेर आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन् सकेन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..