» » माइतीघरमा भएको झडपमा घाइते भएकाहरु वीर अस्पतालको ट्रमा सेन्टरमा

काठमाडौं, जेठ ३ गते । संघीय गठबन्धनले आह्वान गरेको सिंहदरबार घेराऊको दोस्रो दिन आज प्रहरीको आक्रमणमा परी गठबन्धनका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

प्रहरी लाठीचार्जले गम्भीर घाइते बनेका तीन जनालाई वीर अस्पतालको ट्रामा सेन्टर लगिएको छ । माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिइरहेका गठबन्धनका कार्यकर्ताहरुले बोकेको झन्डा र व्यानर प्रहरीले खोस्न खोजेपछि करिब सवा दश बजे झडप भएको छ ।
झडपमा प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएको समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले जानकारी दिनुभयो ।

शान्तिपूर्ण धर्ना बसिरहेका गठबन्धनका नेता तथा कार्यकर्तामाथि प्रहरीले बिना कारण अचानक आक्रमण गरेको यादवले बताउनुभयो । युवा फोरमका केन्द्रीय सदस्य नितेश लिम्बूसहित गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । त्यस्तै घाइते हुनेहरुमा संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णु जंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदूर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादवमाथि लाठी चार्ज गरी प्रहरी घाइते बनाएको छ ।

प्रहरीको लाठी चार्जले माइतीघर मण्डलाको अवस्था तनावपूर्ण बनेपनि अहिले सामान्य छ । गठबन्धनको शान्तिपूर्ण धर्ना र प्रदर्शन भने जारी छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..