» » संघीय गठबन्धनको प्रदर्शन कीर्तिपुरमा


काठमाडौं जेठ १० गते । संघीय गठबन्धनले आज कीर्तिपुरमा भव्य रुपमा विरोध प्रदर्शन हुँदैछ ।

त्रिभुवन विश्व विद्यालयको मुख्यद्धारबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेतृत्व गरेको र्याली कीर्तिपुरको नयाँ बजार पुगेर विरोध सभामा परिणत हुनेछ । सभालाई गठबन्धनका प्रभावशाली शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले हिजो चावहिल चोकमा विशाल विरोध सभा सम्पन्न गरेको थियो । कीर्तिपुरको विरोधसभाका लागि त्यहाँका स्थानीय बासिन्दाको बाक्लो उपस्थिति देखिएको छ ।

जसले गर्दा गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको विभिन्न स्थानमा भइरहेका विरोध सभाहरु दिनप्रतिदिन झन् प्रभावकारी र व्यवस्थिति हुँदै गएका छन् ।

संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् ।

वार्तामार्फत् समाधानका लागि आफूहरु तयार रहेपनि संविधान पुनर्लेखन गर्ने गरी माग सम्बोधनको सार्वजनिक प्रतिबद्धता सरकारबाट नआएसम्म आन्दोलन जारी रहने गठबन्धनले जनाएको छ ।




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..