» » सवारी दुर्घटनामा चारको मृत्यू १६ घाइते

उर्मिला यादव
नवलपरासी जेठ १२ गते । नवलपरासीको पूर्व पश्चिम राजमार्गअन्र्तगत हर्कपुरमा आज बिहान सवारी साधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ  भने १६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार सल्यानबाट काठमाण्डौ जान लागेका  बा २ क ११३७ नम्बरको मिनी टक दुर्घटना भएको हो, जसमा दुई महिला दुई पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेको अझैसम्म नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । इटटा भठठामा काम गर्नै मजदुर बोकेको टक अनियन्त्रित पल्टिएको थियो । ।

घाइते हुनेमा जिल्ला सल्यान कालीमाटी तीन बस्ने अर्जुन घर्ती मगर , कालीमाटी ९ बस्ने चिन बहादुर घर्ति मगर, शारदा नगरपालिका १ शितलपाटी बस्ने बिरेन्द्र राना, लक्ष्मीपुर बस्ने छोटी लाल दुरा , फारुघाट ९ बस्ने नबिन घर्ती, ममता घर्ती , सरीता घर्ती , खुम बहादुर बिक, मेघराज घर्ती, अनिता गिरी, सेपाली कुवर, ललित घर्ती, हेमन्त कुमार घर्ती, रुपलाल घर्ती र जितबहादुर लगायत घाइते भएका छन् ।

घाइते मध्येको केहीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । टकमा चालक सहित १८ जना मजदुर सवार थिए । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..