» » सिहदरवारको गेटमा रगत पोत्ने पक्राउ (भिडियो सहित)


काठमाडौ जेठ ९ गते । मधेश आन्दोलनको क्रममा मधेशको हुलाकी सडकमा हिडेर त्यहाँको जनताको अवस्था बुझ्ने प्रयास गर्नुभएको इशानलाई आज प्रहरीले पक्राउ गरेका छ ।

उहाँका साथमा मोहम्मद रियाद साफ्रीलाई पनि पक्राउ गरेको छ । देश बचाउने आह्वान गर्दै प्रतिकात्मक ढंगबाट सिहदरवारको मुख्य गेटमा रगत जस्तो रंग पोतेको कारण उहाँहरुलाई पक्राउ गरेको समाज सेवी सरोज रायले जानकारी गराउनु भयो ।

मधेश आन्दोलन प्रति भएको दमन, जनजाति, थारू लगायत सबै उत्पिडित जातजाती ले गरिरहेको आन्दोलन प्रति सरकारको उदासीनता देखेर इशानले आज ५ बजे बेलुका सिहंदरबारको प्रखालमा रगतको रंग तोपेर सांकेतिक विरोध गर्नुभको छ । त्यही क्रममा ईशान र मो. रियाज साफीलाई हिरासतमा लिई अनुसन्धान विभागले टेकु परिसरमा राखेका छन। उहाँहरूको आज बाटै अनशन शुरू गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ।


फोटो सरोज रायको फेसबुकबाट 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..