» » विद्यार्थी नेता र शिक्षा मन्त्रालयबीच कुरा मिलेन


काठमाडौँ, वैशाख २३ गते । शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

आज बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले आफूहरुको माग पूरा नगरेपछि बैठक बिनानिष्कर्ष टुङ्ग्याइएको जानकारी गराउनुभयो । विद्यार्थी सङ्गठनले गत वर्ष आफूहरुसँग गरिएको १० बँुदे सहमति कार्यान्वयनको माग राखेका थिए ।

“गतवर्ष हामीसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै निजी विद्यालयले बढाएको शुल्क अनुगमन गर्न भन्यौँ,” उहाँले भन्नुभयो – “तर मन्त्रालयका पदाधिकारीहरुले तत्काल अनुगमन नसकिने र केही दिनमा संयन्त्र बनाएर अनुगमन गर्ने बताए । हामीले मानेनौँ ।” शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनहरुलाई तत्काल अनुगमन रोक्न आग्रह गरेका थिए ।


यता शिक्षा मन्त्रालयका प्रवक्त डा हरि लम्सालले भोलि विद्यार्थी सङ्गठनसँग फेरि वार्ता गरेर अनुगमन समिति बनाइने जानकारी गराउनुभयो । “भोलि फेरि वार्ता गर्छौं,” उहाँले भन्नुभयो – “त्यसपछि विद्यार्थी सङ्गठनहरुलाई नै राखेर अनुगमन समिति बनाएर अनुगमन गर्छौं ।”

बैठकमा सहमति हुन नसकेपछि विद्यार्थीले आज पनि निजी विद्यालयको शुल्कमाथिको अनुगमनलाई निरन्तरता दिएका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..