» » वार्ताका लागि भोली मधेशी मोर्चालाई बोलाउने

काठमाडौ, बैशाख २५ गते । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई संबोधन गर्दै मधेसको समस्या समाधानकोलागि संवादमा आउन आब्हान गरेको उल्लेख गर्दै आफू नेतृत्वको राजनीतिक समितिले भोली (आईतवार) नै आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक रुपमा पत्र लेख्ने तयारी गरेको जानकारी दिनुभयो ।

नेपालले अझै राजनीतिक अस्थिरता र द्धन्द धान्न नसक्ने भन्दै उहाँले मधेसको समस्या समाधान गर्न सरकारले आफ्नो संयोजकत्वमा गठन गरेको उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिन अप्ठ्यारो परेको भए आफू खुसीका साथ पद छाड्न तयार रहेको पानी घोषणा गर्नुभयो ।

थापाले भन्नुभयो, ‘मेरै कारणले समितिले पूर्ण नपाएको हो भने म खुसीसाथ पद छाडेर सहमतिको बातावरण बनाउन तयार छु । मधेसको माग पुरा गर्ने फ्रेम वर्क तयार भएको छ । राजनीतिक समितिले गरेको सहमतिको आधारमा संविधान संसोधन गर्ने हो । मधेसी मोर्चा, सरकार र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच समिति गठनको विषयमा सहमति छ तर केही प्राविधिक कारणले मात्रै नभएको हो ।’

द्धन्दकालिन मुद्दा संविधानको परिधिभित्र रहेर सक्रमणकालिन व्यवस्था अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुङग्याईने स्पष्ट पार्दै अन्तर्राष्ट्रिय समुदायले द्धन्द निरुपण गर्ने निकायको सिद्धान्त, निष्पक्षता र अधिकारको विषयमा मात्रै चासो राख्ने गरेको बताउनुभयो ।
एमाले र एमाओवदीबीच भएको ९ बुँदे सहमति

नेकपा एमाले र एकीकृत नेकपा माओवादीवीच भएको नौ बुँदे सहमतिमा जे लेखिएको छ त्यहीमात्रै भएको भन्दै त्यसकै आधारमा सरकार अघि बढ्ने स्पष्ट पारेका छन् ।

दुई दलवीच बजेट ल्याएपछि सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा भद्र सहमति  भएको भनि बाहिर चर्चा चलिरहेको बेला सत्ता गठबन्धनको तेस्रो ठूलो दलको अध्यक्ष समेत रहेका थापाले भन्ने, ‘नौ बुँदामा जे लेखिएको त्यो मात्रै सहमति हो, त्यसकै आधारमा सरकार अघि बढ्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैन ।’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अहिले कुनै चुनौति र त्यसमाथि प्रश्न उठाउने ठाँउ नभएको दावी गर्दै यही सरकारले नै अब स्थानीय निकाय र डेढ वर्षमा संसदीय निर्वाचन गराउने ठोकुवा गरे ।
उपप्रधानमन्त्री थापाले अन्तिम घडीमा एमाओवादीले गरेको निर्णयलाई स्वागत गर्दै त्यो निर्णयले मुलुकलाई अस्थिरताको दलदलबाट जोगाउँदै सरकारको स्थिरतालाई सुनिश्चिता प्रदान गरेको विश्वास ब्यक्त गर्नुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..