» » उपाध्यायलाई बोलाउन पत्र पठायो दिल्ली

काठमाडौँ, वैशाख २७ गते । परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई स्वदेश फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमार्फत आज नयाँ दिल्ली पठाइएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो । पत्रमा जिम्मेवारीबाट मुक्त गरिएकाले १५ दिनभित्र स्वदेश फर्कन भनिएको बताइएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..