» » डाँका मुद्दामा फरार अभियुक्त पक्राउ


लहान, बैशाख २० गते ।
डाँका मुद्दामा फरार रहेका एक अभियुक्तलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–६ निवासी २५ वर्षीय पण्डित भनिने अर्जुनकुमार मण्डल रहेको प्रहरी जनाएको छ ।

गत २०७१ असोज २२ गते धनुषाको सिंग्याही मडान गाविस–३ निवासी २२ वर्षीय पुरुषोत्तम बनरैतसमेतले ग्लोबल आइएमई बैंक सिरहाबाट हिमालय मनि ट्रान्सफर सिंग्याहीका लागि १८ लाख २८ हजार नगद बोकी लगिरहेको अवस्थामा मण्डललगायतका समूहले त्यस रकममध्येबाट रु आठ लाख लुटेर फरार भएको प्रहरीको भनाइ छ ।

त्यसयता फरार रहेका मण्डललाई गोप्य सूचनाको आधारमा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीका लागि सिरहा जिल्ला अदालतमा पेस गरिने प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..