» » अनिल झाले भन्नुभयो, ‘सविधान सर्वस्वीकार्य नभएसम्म आन्दोलन जारी रहन्छ’


काठमाडौं, बैशाख ११ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जनआन्दोलन–२ पूर्ण लोकतन्त्रको लागि गरिएको उल्लेख गर्दै सबैको साझा संविधान र सर्वस्वीकार्य नबनेसम्म अर्को आन्दोलन भइरहने स्पष्ट बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी पनि जनआन्दोलन २ मा पूर्ण लोकतन्त्रको लागि होमिएकै हौं, तर जनआन्दोलनले देखाएको बाटो बमोजिम संविधान बनेन, यसले त मेधशी, जनजाती, पिछडिएको वर्ग, आदिवासी, जनजाति लगायत अधिकारबाट बञ्चित सबैलाई पाखा लगाउने काम गरेको छ ।’

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै झाले लोकतान्त्रिक आन्दोलनको पूरकको रुपमा आफुहरुले मधेश आन्दोलन गरेको समेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘जे–जे माग पूरा भए ठिक छन्, पूरा नभएका मागहरु समेत पूरा गर्दै जानुपर्छ ।’

नेपाली काँग्रेसका नेता रमेश लेखकले जनआन्दोलन–२ का मुद्दाहरु सम्बोधन भएपनि कार्यान्वयन गर्न कठिन र चूनौति रहेकाले त्यतातर्फ ध्यान नदिईए मुलुकको राजनीतिक व्यवस्था नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ०६२÷६३ जनआन्दोलन पूरा भएको १० वर्ष पुग्दा यो अवधिमा मुलुकमा थुप्रै उपलब्धिहरु हाँसिल भएको उल्लेख गर्दै प्राप्त उपलब्धिहरु संस्थागत गर्ने कुरामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् बुद्धिजीवीहरु समेत सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले लोकतन्त्र दिवसलाई सम्झिने दिनको रुपमा मात्रै लिनुपर्ने बताउँदै उत्सव मनाउने दिनको रुपमा लिन नहुने बताउनु भयो ।

डा.दिक्षितले दोस्रो जनआन्दोलनपछि जनताले आफ्ना अधिकारहरुबारे बोल्न मात्रै पाएको तर अधिकार सुनिश्ति नभएको उल्लेख गर्दै अब पूर्ण अधिकार सुनिश्ति हुनुपर्ने माग गर्नुभयो ।

संघीय गठबन्धनका नेता पासाङ् शेर्पाले सिँगो नेपाली जनताले लोकतन्त्र प्राप्तिको लागि सडक संघर्ष गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक दल र यसका हिमायतीहरुले पुरानै रवैया देखाएको आरोप लगाउनुभयो ।
जनआन्दोलन घाईते समाजका अध्यक्ष मेघराज आचार्यले जनआन्दोलनमा आफूहरुले ज्यानको प्रवाह नै नगरी योगदान पु¥याएको तर सरकारले आफूहरुलाई पाउँदै आएको स्वास्थ्यसेवा समेत बन्द गराए उपहार दिएको भन्दै गुनासो पोख्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..