» » सिरहामा विभिन्न पार्टी परित्याग गरि फोरममा प्रवेश

सिरहा ११ गते ।संविधान पुनर्लेखनका लागि आन्दोलनको घोषणासँगै मधेशमा सरकारवादी पार्टी परित्याग गर्नेको लहर चलेको छ ।

यसैक्रममा, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा सिरहा जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी करिब ७ सय भन्दा बढी जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।
यो सँगै कांग्रेससहित सत्तारूढ़ दलहरुलाई ठूलो धक्का पुगेको छ । सिरहाको मझौरास्थित श्री रमेश महतो स्मृति मावि फुलवरियामा मधेशको प्रथम शहीद रमेश महतोको शालिक अनावरणको अवसरमा उनिहरुले फोरम नेपाल प्रवेश गरेका हुन ।

२७ दलीय संघीय गठबंधनले शुक्रवार आन्दोलन घोषणा गरेको भोली पल्टै शनिबार अध्यक्ष उपेन्द्र यादवले ठूलो संख्यामा विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । यादवले फूलमाला सहित नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै शुभकामना तथा बधाई दिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल लगायतका पार्टीहरुले मधेशको माग, अधिकार र भावनालाई वेवास्ता गरेको आरोप लगाउँदै उनिहरुले पार्टी परित्याग गरी निर्णायक आन्दोलनका लागि फोरम नेपाल रोजेको बताए ।

कांग्रेस नेता यदुबंश यादव, योगेन्द्र यादव, एमाले नेता राम बिलास साह, एमाओवादी नेता शिवराम यादव, धनेश्वर यादव, राप्रपा नेपालका नेता रामसागर यादव लगायत सिरहाका प्रभावशाली नेताहरुले फोरम नेपाल अध्यक्ष यादवलाई आफ्नो नेता घोषणा गरेका छन् ।

 फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष विजय यादव र पूर्व मन्त्री एवम् नेता राजलाल यादवको विशेष पहलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..