» » मधेशबाट फर्केपछि बाबरामले के भन्नुभयो महन्थ ठाकुरलाई ?


काठमाडौ वैशाख १३ गते । मधेश भ्रमणमा फर्केपछि नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आइतवार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्नु भएको थियो ।

भेटमा उहाँले मधेश भ्रमणको अनुभव सुनाउँदै मधेशमा अन्याय भएको कुरा पनि राख्नु भएको थियो । मधेशमा आन्दोलनको आवश्यकता छ तर आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने सुझाव पनि उहाँले दिनु भएको तमलोपा स्रोतले जनाएको छ ।

एक घण्टा लामो कुराकानीमा भट्टराईले ठाकुरलाई सीमांकनजस्ता मुद्दामा सर्वसाधारणको कम चासो रहेको आफूले पाएको कुरा पनि राख्नु भएको थियो । सिमांकनभन्दा पनि अन्य अन्य विभेदका मुद्दाहरुमा मधेशी जनता बढी ध्यान दिएको आफूले पाएको बताउँदै उहाँले आन्दोलनलाई दैनिक सरोकारका मुद्दासँग जोड्न आग्रह गर्नुभयो ।

बाबुराम भट्राई आफ्नो धारणा राखिसकेपछि अध्यक्ष ठाकुरले पहाडका जनजाति र उपेक्षित समुदायसँग मिलेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी भइरहेकाले त्यसमा सहयोग गर्न भट्टराईलाई आग्रह गनुृभयो ।

अध्यक्ष ठाकुरले मधेशी जनताको मुख्य माग सिमांकन हो र त्यसमा मधेशी जनता कनसस रहेको प्रतिकृया दिनु भएको थियो ।  मधेशी जनता बलियो, पहिचान र सामथ्र्यसहितको प्रदेश चाहेको बताउँदै उहाँले

राजनीतिक संयन्त्र निर्माण गर्ने प्रतिबद्धताबाट सरकार पछि हटेको, संवादबाट राजनीतिक समाधान गर्छौं भन्ने ठूला दलको विश्वसनीयतामा प्रश्न उठेको गुनासो भट्राई समक्ष राख्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..