» » दुई अभियन्ता सम्मानित


सप्तरी, वैशाख १२ गते । मैथिली भाषा, संस्कृति एवम् साहित्यको संरक्षणमा योगदान पुर्याउने दुई युवा अभियानी तथा पत्रकारलाई ‘मैथिली सम्मानबाट हिजो सम्मानित गरिएको छ ।
मैथिल समाज नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व एवं मैथिल परिवार मिलन समारोह’का बीच सप्तरीका पत्रकार श्यामसुन्दर यादव र मोरङ्ग बिराटनगरका प्रवीणनारायण चौधरीलाई सम्मान गरिएको हो ।

पत्रकार यादव न्यूज मैथिली साहित्य परिषद्का सचिव एवम् न्यूज टुडे दैनिक÷अनलाइनका सम्पादक हुनुहुन्छ ।  सप्तरीको जमुनी मधेपुरा–छपकी भथौल जन्मथलो भएका पत्रकार यादव बाल्यकालदेखि नै मावली मलेकपुर गाविस–५ खुरहुरियामा रहेर मैथिली कला, साहित्य एवम् संस्कृति संरक्षण सम्वन्धि गतिविधिका
साथै पत्रकारिता पेशामा विगत डेढ दशकदेखि सक्रिय भूमिका निभाउँदै आउनु भएको  छ ।

यसैगरी अर्का सम्मानित व्यक्तित्व मोरङ्गको बिराटनगर निवासी चौधरी दहेज विरोधी संस्था ‘दहेजमुक्त मिथिला’का अन्तर्राष्ट्रिय संयोजक हुन् । मैथिली जिन्दावाद अनलाइनका सम्पादक समेत रहेका उनी मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण तथा उन्नयनमा महत्वपूर्ण भूमिका निभाउँदैआएका छन् ।

मैथिलीप्रति समर्पित रहेका चौधरी मैथिलीभाषालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धनमा संघर्षरत दहेज तथा बालविवाह विरुद्धको अभियानलाई जन–जनमा पुर्याउन उनी विभिन्न अभियान सञ्चालन गर्दैआउनु भएको छ ।

मैथिली अभियानीद्वय चौधरी र यादवलाई मैथिल समाज नेपाल रुपन्देहीको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् व्यवस्थापिका संसदका सांसद डा। वीरेन्द्र प्रसाद महतो र आयोजक संस्थाका अध्यक्ष मुखिलाल चौधरीले सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । सोही कार्यक्रममा समाजका आजिवन सदस्य तथा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रसंशा–पत्र प्रदान गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..