» » दुर्घटनामा एकको मृत्यू


मोरङ, वैशाख १० गते । मोरङको उर्लावारीमा आज सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

ना ३ ख ९४९४ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा नाम, थर, वतन नखुलेको एक पुरुषको मृत्यु भएको हो । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे, मोरङमा लगिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

यस्तै, मोरङको हात्तीमुडा–८ स्थित स्वस्तिक आयल फ्याक्ट्रीअगाडि बिहीबार राति मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चारजना घाइते भएका छन् । एउटै मोटरसाइकलमा चारजना सवार रहेका मोटरसाइकल चालक हात्तीमोडा–९ का १८ वर्षीय मोहमद नवाब, पछाडि सवार सुनसरी दुहवी–९ बस्ने २५ वर्षीय भोला मण्डल, सोही स्थानका २० वर्षीय मोहन खत्वे र २२ वर्षीय गोविन्दकुमार बडइ रहेका छन् ।

कोसी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आइरहेको को २३ प ९२५८ नंको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ च ८६९१ नंको मारुती भ्यानले राति ९ बजेतिर ठक्कर दिएको थियो । घाइते चारै जनाको विराटनगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने भ्यान, चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..