» » र्याडिशनको बसाईले सरकारको निन्द हराम


काठमाडौं बैशाख ११ गते । अर्कोचरणको मधेश आन्दोलन शुरु नहुँदै सरकार घबराई सकेका छन् । यसलाई कसरी दवाउन सकिन्छ भन्दै विभिन्न उपायको बारेमा सरकारको विभिन्न निकायमा छलफल शुरु भइसकेको छ । गृहदेखि रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयदेखि परराष्ट्र मन्त्रालयमा मधेश आन्दोलनकै चर्चा हुन्छ ।
गृहमन्त्रालयले यसका लागि विशेष सुराकीहरु पनि परिचालन गरेका छन् त्यसमा मधेशी अनुहारका बढी देखिएका छन् । मधेशी मोर्चा सम्मलित गठबन्धनले गर्ने प्रत्येक कार्यक्रममा ती जासुस (राष्ट्रिय अनुसन्धान) हरु पुगेका हुन्छन् र गहनस्तरबाट सूचना संकलन गरिरहेका हुन्छन् । गृहले सविधान कार्यान्वयनका लागि मधेशका जिल्लामा प्रहरी परिचानल गर्नु त्यसैको एउटा कडी हो । त्यस्तै बैशाख ८ गते संघीय गठबन्धनले लाजिम्पाटको र्याडिशन होटलमा विदेशी कुटनीतिक नियोगसँग गरेको छलफलले गर्दा सरकारको निन्द हराम भएको छ । अमेरिकामा रहेका परराष्ट्रमन्त्री कमल थापा उतैबाट आफ्ना मातहतका कर्मचारीलाई खटाएर विज्ञप्ति जारी गर्न लगाई त्यसको खण्डन गर्न लगाएका छन् ।
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिबीच विहिवार गहन छलफल भएको थियो र त्यसपछि र्याडीसन होटलको बैठक बारे विज्ञप्ति जारी गरी त्यसप्रति आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले आफूलाई जानकारी नगराइ काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले मधेसी मोर्चाका नेताहरुसँग भेटवार्ता गरेकोमा असन्तुष्टि व्यक्त गरेको छ।

मन्त्रालयद्वारा हिजो जारी प्रेस विज्ञप्तिमा मधेसी मोर्चाका नेतासँग सरकारी जानकारीबिना राजदूतहरुले भेट्नु भियना महासन्धि विपरीत भएको उल्लेख गरेको छ । ुमधेसी मोर्चासँग नेपालस्थित कुटनीतिज्ञहरुले नेपाल सरकारको जानकारीबिना भेट्नु कुटनीतिक आचारसंहिता विपरित होु, परराष्ट्रले निकालेको विज्ञप्तीमा भनिएको छ ।

नेपालको आन्तरिक राजनीतिक मामिलामा राजनीतिक दलहरुसँग भेट्नुअघि  सरकारलाई जानकारी दिनुपर्ने परराष्ट्रको दावी छ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..