» » बन्दुकले आन्दोलन दमन गर्न खोजे परिणाम भयानक हुने उपेन्द्र यादवको चेतावनी


सिरहा वैशाख १२ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको ढोका बन्द गरी सरकारले बन्दूकले आन्दोलन दमन गर्न खोजे परिणाम भयानक हुने चेतावनी दिनु भएको छ । ुसरकारले वार्ताको सबै ढोका बन्द गरी जनताको जायज आन्दोलनमा दमन गरिए ठीक नहुने बताउँदै उहाँले राज्य विरुद्ध निर्णायक आन्दोलनका लागि समेत तयार रहन आव्हान गर्नु भयो ।

वार्ता र संवाद मार्फ़त समाधान खोज्न सरकार गम्भीर नदेखिएकोले संविधान पुनर्लेखनका लागि आन्दोलनको विकल्प नभएको उहाँले बताउनुभयो । यो सरकार नश्लवादी, एकलजातीय र गैर समावेशी छु,( सिरहाको गोलबाजारमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भन्नुभयो, सरकार गैर जिम्मेवार बनेकोले मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम सहित उत्पीड़ित समुदायले मसाल बोकेर आन्दोलनको बिगुल फुक्नुको विकल्प छैन ।
यसैक्रममा पूर्व मन्त्री शत्रुधन कुमार महतोको नेतृत्वमा सिरहाबाट हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका छन् ।

आइतबार सिरहाको गोलबज़ारमा आयोजित समारोहमा नव प्रवेशी सबै नेता कार्यकर्तालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबीर मालाले स्वागत गर्दै शुभकामना तथा बधाई दिनु भएको छ । महतोसँगै फोरम लोकतान्त्रिक सिरहाको सम्पूर्ण जिल्ला कार्यसमिति नै फोरम नेपाल प्रवेश गरेको हो । भौतिक योजना मन्त्री विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको केन्द्रीय नेता समेत रहेका पूर्व मन्त्री महतो सहित हजारौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेसँगै सिरहाबाट गच्छदारको पत्ता साफ भएको छ ।

फोरम लोकतान्त्रिक परित्याग गर्नेमा जिल्ला अध्यक्ष राम चरित्र साह, उपाध्यक्ष अशोक यादव, सचिव राजकुमार महतो, सहसचिव जगदीश महतो, युवा अध्यक्ष सोगरथ यादव सहित प्रभावशाली नेताहरु छन् । त्यस्तै, सिरहाका प्रभावी नेता रामऔतार पण्डित र हरिचन्द्र पण्डित ले पनि कांग्रेस परित्याग गरी फोरम नेपसंविधान पुनर्लेखनका लागि आन्दोलनको घोषणासँगै मधेशमा सरकारवादी पार्टी परित्याग गर्नेको लहर चलेको छ ।

यो सँगै फोरम लोकतान्त्रिक र कांग्रेससहित सत्तारूढ़ दलहरुलाई ठूलो धक्का पुगेको छ । फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवम् पूर्व मन्त्री विजय यादवको विशेष पहलमा महतोसहित हजारौं नेता कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेका हुन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..