» » विराटनगरमा बढ्यो मतदाता सँख्या


विराटनगर, वैशाख १३ गते । मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

जिल्लाको ५० गाविस र पाँच नगरपालिकामा निर्वाचन कार्यालयले खटाएको घुम्ती टोलीले चैत मसान्तसम्ममा ११ हजार ६१३ सङ्कलन मतदाता सङ्कलन गरेको छ ।

यसका साथै, विराटनगर उपमहानगरपालिकाको जिल्ला प्रशासन, क्षेत्रीय निर्वाचन कार्यालय, रङ्गेली र उर्लाबारी नगरपालिकाको इलाका प्रशासन कार्यालयको परिसरमा मतदाता सङ्कलन टोलीद्वारा सङ्कलित मतदाताको सङ्ख्या आठ हजार ६०९ समेत गरी २० हजार २२२ जना नयाँ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

फोटोसहितको मतदाता सूची अद्यावधिक गर्न सो कार्यालयले मोरङमा चैत १६ देखि चैत २९ गतेसम्म खटाएको घुम्ती टोलीले ५० गाविसको ११३ वडा र पाँचवटा नगरपालिकाको ६३ वटा वडामा मतदाता नामावली सङ्कलन गरेको थियो ।

सोमध्ये सबैभन्दा बढी जाँतेमा ४९२ जना, मधुमल्लामा ४९०, इटहरामा ४४४, टङ्कीसिनुवारीमा ३८२ र डाँगीहाटमा ३२१ जना नयाँ मतदाता थपिएको र सबैभन्दा कम सिसवनीजहदामा १० जना र झोराहाटमा मात्र १५ जनामात्र नयाँ मतदाता थपिएको सो क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद सन्जेलले जानकारी दिनुभयो ।

सोहीअनुरुप, सुन्दरदुलारी नगरपालिकामा एक हजार ४०० नयाँ मतदाता थपिएका छन् । घुम्ती टोलीमा फोटो खिच्ने अपरेटर, सामाजिक परिचालक, अन्य कर्मचारीसहित दुईजना सुरक्षाकर्मीसमेत परिचालित गरिएको छ । गाविस सचिवले सहायक निर्वाचन अधिकारीको भूमिका निर्वाह गरेका छन् ।

निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय भएको स्थानमा घुम्ती टोली खटाउने प्रावधान नरहेको र ती ठाउँमा कार्यालय सञ्चालनको समयमा नियमित रुपमा मतदाता सङ्कलन कार्य हुने गर्दछ ।

मतदाता सङ्कलनको सम्बन्धमा व्यापक रुपमा प्रचार गरिएको भए पनि यसप्रति जनतामा चेतनामा कमी देखिएकाले विराटनगर, रङ्गेली र उर्लाबारीसमेत गरी ४२ वटै वडामा फोटोसहितको मतदाता सङ्कलनका लागि टोली परिचालनको तयारी भइरहेको कार्यालय प्रमुख सन्जेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले जेठ मसान्तसम्ममा मतदाता सङ्कलन सम्पन्न गर्ने लक्ष्य छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..