» » धनुषाबाट विदेश जानेहरुको अवस्था


धनुषा, चैत २१ गते । धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्षेनि बढ्दै गएको छ ।

तथ्याङ्कअनुसार गत वर्ष यस जिल्लाबाट २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएको र प्रत्येक वर्ष रोजगारीका लागि विदेश जानेको सङ्ख्यामा वृद्धिका कारण यो जिल्लाले सङ्ख्यात्मक दृष्टिले पहिलो स्थान ओगटेको सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालले जानकारी गराएको छ ।

विसं २०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०÷७१ देखि पहिलो स्थान ओगटेको छ । ०६७ सालमा नौ हजार ९२१, ०६८ सालमा १७ हजार ६४३, ०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ ।

वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको सङ्ख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन् ।

अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ । सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ ।

वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि यस जिल्लाबाट राहदानी लिनेमा कमी नआएको बताइन्छ ।

तथ्याङ्कअनुसार ०७१÷७२ सालमा यस जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन् । यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको सङ्ख्या अधिक देखिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..