» » देउवालाई सुष्मा स्वराजले भन्नुभयो, पहिला मधेशको समस्या समाधान गर्नुस् अनि सरकारको कुरा गर्नुस्


काठमाडौं बैशाख १० गते । आफ्ना श्रीमति आरजु देउवाको उपचारका लागि दिल्ली पुग्नु भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्नु भएको छ । भेटमा स्वराजले मधेसका पुरा हुन बाँकी रहेको माग चाँडै पूरा गरि मधेशको समस्या हल गर्न देउवालाई सुझाव दिनुभएको छ ।

स्वराजले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले मधेसको समस्या समाधान गर्न अग्रसरता लिनुपर्ने सुझाव दिँदै समस्यालाई जति दिन अल्झाएर राखे त्यति नै बल्झि रहने धारणा देउवा समक्ष राख्नु भएको थियो । भारतले नेपालको कुनै पनि निर्णयमा हस्तक्षेप गरेको छैन, सबभन्दा नजिकको छिमेकी देश भएका कारणले सल्लाह सुझाव दिएको मात्रै हो भन्नु हुँदै स्वराजले मधेशवादी दलसँग वार्ताका लागि सरकारले पहल लिनुपर्ने सुझाव दिनुभयो ।

सभापति देउवाले स्वराजसँग उहाँकै निवासमा करिब ३५ मिनेट भेटवार्ता गर्नुभएको थियो । स्वराजको सुझावमा देउवाले काँग्रेसले मधेशको समस्या समाधान गर्न सधैं तत्पर रहेको र समाधानका लागि शुरुदेखि नै पहलकदमी लिएको तर एमालेको विभिन्न राजनीतिक अडानका कारण हालसम्म समस्या समाधान नभएको गुनासो गर्नुभएको थियो ।

सभापति देउवा दिल्ली जानु एक दिन अघि मधेशी मोर्चाका नेतालाई आफ्नै निवासमा बोलाएर मन चोरेका थिए । सरकार निर्माण गर्न सहयोग गर्न सिधै नभने पनि घुमाउरो तरिकाबाट सरकार निर्माणको बारेमा मधेशी मोर्चाको मनोभावना बुझ्ने प्रयास गरेका थिए । यहाँसम्म कि पार्टीका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले राम्रो बजेट ल्याउन सक्दैन, काँग्रेसको नेतृत्वमा बन्ने सरकारले बजेट ल्यायो भने राम्रो हुने धारणा राखेका थिए ।

सरकारको बारेमा मधेशी मोर्चाले स्पष्ट जवाफ नदिएपनि हालको अवस्थामा सरकार आफूहरुको प्राथमिकतामा नरहेको कुरा राखेका थिए । यही सन्देश देउवाले स्वराजलाई दिल्लीमा सुनाउनुभयो । मन्त्री स्वराजले अर्को सरकार गठन गर्नु भन्दा पहिले मधेशी जनताको भावनालाई बुझेर माग सम्बोधन गर्न तिर लाग्नुस् भनि सुझाव दिएको स्रोतको दावी छ ।

भेटमा नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतीय विदेश मन्त्रालयका नेपाल(भुटान डिभिजन हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..