» » अमेरिकामा रहेका कमल थापालाई भने, मधेशको समस्या अझै किन समाधान भएन


काठमाडौ बैशाख १० गते । अमेरिकाको भ्रमणमा रहनु भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई नयाँ सविधानमा मधेशीको हक अधिकार बारे जिज्ञासा राखिएको थियो । अमेरिकाले संबिधानमा मधेशी समुदायलाई गरिएको भेदभावपूर्ण व्यवहारको आलोचना गर्दै मधेशी दलहरुसँग संवाद गरी राजनीतिक समस्याको समाधान गर्न सुझाव दिएको छ ।

अप्रिलमा अमेरिकी पिस इन्स्च्युटले वाशिंगटन डिसीमा आयोजना गर्ने नेपालको भुकम्प र एक वर्ष विषयक कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री थापालाई नेपालमा देखिएको राजनीतिक समस्याको बारेमा जिज्ञासा राखेर र्याख र्याख्ती पारेको थियो । इयु र भारतले जारी गरेको विज्ञप्तिलाई नेपाल सरकारले गरेको विरोधको बारेमा पनि अमेरिकी पदाधिकारीहरुले जिज्ञसा राख्नु भएको थियो ।

नेपालमा देखिएको राजनीतिक समस्या खास गरि मधेशी समुदायको समस्या समाधान गर्न सरकारले चासो नलिएको कुरा पनि अमेरिकी पदाधिकारीहरुले चासो लिएको दावी गर्दै स्रोतले भने, मधेशी महिलाको नागरिकताको हकमा भएको  भेदभावपूर्ण व्यवहार र मधेशी समुदायलाई गरिएको उपेक्षालाई संबिधान संसोधन मार्फत सम्बोधन गर्न समेत अमेरिकाले निर्देशनात्मक आग्रह गरेको छ ।’

यसअघि नै नेपालस्थित अमेरिकी राजदुत एलाइना बि। टोपेजले नेपालको संविधानमा मधेशी महिलाको नागरिकताको हकमा भएको भेदभावपूर्ण व्यवहारको अमेरिकी असतुष्टि सार्वजनिक गरिसक्नु भएको थियो । अमेरिका भ्रमणमा रहेका उप(प्रधानमन्त्री एवं पराष्ट्रमन्त्री कमल थापा संग आगामी साता दक्षिण एशिया मामला सम्बन्धि अमेरिकी सहायक विदेश मन्त्रि निशा देशाई बिस्वालले नेपालको पछिल्लो घटनाक्रम, मधेशी मुद्दा  र भुकम्प प्रभावित क्षेत्रमा भैरहेको पुनर्निर्माण कार्यको ढिलाई बारे छलफल  सवाल जवाफ हुने स्रोतको दावी छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..