» » भारतीय प्रहरीको बारेमा छानविन गर्न माओवादीको माग


काठमाडौँ, वैशाख १३ गते । नेकपा माओवादीले आइतबार भारतीय प्रहरीको जत्था हतियारसहित डोटी र अछाम जिल्लाको सिमानास्थित चौखुट्टे इलाकामा पुगेको घटनाको छानबिन गर्न माग गरेको छ ।

पार्टीले आज जारी गरेको विज्ञप्तिमा सरकारले नेपाल प्रवेश गरेका पाँच भारतीय प्रहरीलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुन बमोजिम कारबाही गरी देशको स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।

भारतीय प्रहरी आधुनिक हतियारसहितको जत्था सिमाना नाघी एउटा अञ्चलकै भूगोल पार गरी अर्कै अञ्चलको सिमानासम्म पुग्दा राज्यको कुनै निकायलाई जानकारी नदिनु र नहुनुले स्वाधीन राष्ट्रप्रति हस्तक्षेप र स्वाभिमानी नेपाली जनताको अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..