» » प्रधानमन्त्री परिवर्तनको बारेमा यस्तो भन्नुभयो माधव नेपाल


काठमाडौ, बैशाख ९ गते । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सबैले मिलेर मुलुकको समस्या हल गर्नु पर्ने बताउनु भएको छ ।

अपाङ्गता अधिकार र विकासको लागि क्रियाशिल नेपाल नामक संस्थालाई प्राप्त अन्तर्राष्ट्रिय पुरस्कारको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई केन्द्रमा राखेर सबै लचक भएर प्रस्तुत हुनु पर्ने सुझाव दिनुभयो ।

नेता नेपालले मुलुकमा अहिले प्रधानमन्त्री को हुने भनि बहस गर्नु भन्दा पनि भ्रष्टाचार, ढिलासुस्ती अन्त्य गरेर विकसित आधुनिक प्रविधि भित्र्याएर समृद्ध नेपाल बनाउन तर्फ सबै लाग्नु पर्ने बताउनुभयो ।
संविधानले अपाङगता भएकाहरुलाई विशेष पहिचान दिएकोले अब यसको कार्यान्वयनमा लाग्नु पर्ने भन्दै अपाङता भएकाले राज्यले दिनु पर्ने सुविधाबाट बञ्चित हुने र उपेक्षा महसुस गर्न नहुने उहाँले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..