» » शिकारी पक्राउ गर्न हवाई फायर

मोरगं, वैशाख १४ गते । जङ्गलभित्र सिकार खेलिरहेको अवस्थामा एक सिकारीलाई पक्राउ गर्ने क्रममा मोरङको पथरी शनिश्चरे–८ स्थित जिरीखिम्ती जङ्गलमा आज बिहान प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आज बिहान पौने ३ बजे जिरीखिम्ती जङ्गलभित्र सिकार खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय राम अर्याललाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

जङ्गलभित्र बन्दुक पड्किएको आवाज सुनिएपछि प्रहरीको टोली जङ्गलभित्र पसेको थियो । सिकार खेलिरहेका अर्याललाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि नै बन्दुक तेर्साएपछि दुई राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

पक्राउ परेका अर्याललाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..