» » माओवादीमाथि उजुरी गर्ने को को हुन् पाँचजना ?


पर्सा वैशाख १० गते । स्थानीय शान्ति समितिमार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगमा पर्साबाट हालसम्म पा“चवटा उजुरी दर्ता भएका छन् ।

आयोगले माओवादी द्वन्द्वका बेला राज्य र विद्रोही पक्षबाट मारिएका, बेपत्ता पारिएका, सम्पत्ति क्षति भएका र विस्थापितको हकमा उजुरी माग गरेको सातौँ दिनसम्म समितिमा सो उजुरी परेको स्थानीय शान्ति समिति कार्यालयका सचिव तेजेन्द्र मालीले बताउनुभयो ।

सचिव मालीका अनुसार, उजुरी दर्ता गराएकामध्ये दुईजनाले मारिएका र तीनजनाले सम्पत्ति क्षतिको उजुरी दर्ता गराएका हुन् भने अन्य पा“चजनाले उजुरी गर्ने निवेदन फाराम लिएर गएका छन् ।

विसं २०६६ मा पर्सामा स्थापना भएको शान्ति समितिको तथ्याङ्कअनुसार, मृतक १०१, बेपत्ता पाँच, सम्पति क्षति एक हजार २६६ र विस्थापित ४४० रहेका छन् । मारिएका मध्ये ९८ जना विवाहित, तीनजना अविवाहित रहेका छन् । अविवाहितमध्ये दुईजना महिला रहेको जानकारी सचिव मालीले दिनुभयो ।

समितिका अनुसार, द्वन्द्वकालमा मारिएकामध्ये वीरगन्ज उपमहानरपालिकाका तत्कालीन प्रमुख गोपाल गिरी, नेपाली का“ग्रेसका नेता सोनवर्षाका रमाकान्त गिरी, एमाओवादीका नेता जगरनाथ नेपाल, डा रामजी धिताल, विजयकान्त अधिकारी, विमल धिमिरे, दिलीप कार्की, प्रमोद कुर्मी, वीरेन्द्र साह तेली, जवाहिर मिया“ अन्सारी, सिजनराज पाण्डेलगायतका १०१ जना रहेका छन् ।

त्यस्तै बेपत्ता हुनेमा कृष्णप्रसाद प्याकुरेल, ईन्द्रबहादुर गुरुङ, विनोद गिरी, गुरुप्रसाद वुर्लाकोटी र वसन्त भण्डारीको उजुरी परेको जनाएको छ ।

स्थानीय शान्ति समितिले राज्यपक्ष र विद्रोही पक्षबाट मारिएकामध्ये ८१ जनाको परिवारलाई राहतस्वरुप रु पाँच÷पाँच लाखका दरले रकम उपलब्ध गराएको र बा“की २० जनाको हकमा जिल्ला प्रशासन कार्यालय पर्सामार्फत रकम उपलब्ध गराइदिनका लागि आयोगमा पत्राचार गरिएको छ । राहत रकम आउनेबित्तिकै बा“की मृतक परिवारलाई पनि रकम उपलब्ध गराउने सचिव मालीले विश्वास दिलाउनुभयो ।

त्यस्तै बेपत्ताको सूचीमा रहेका पा“चैजनाको परिवारलाई राहतस्वरुप रु पाँच÷पाँच लाखका दरले रकम उपलब्ध गराइसकेको पनि उहा“ले जानकारी दिनुभयो ।

सचिव मालीका अनुसार, शान्ति समितिको सूचीमा रहेका १२६६ जना सम्पत्ति क्षतिको दाबी गर्ने र विस्थापित ४४० जनाको हकमा हालसम्म कुनै राहत उपलब्ध गराउन सकिएको छैन ।

सरकारले माओवादी जनयुद्ध सुरु भएको २०५१ फागुन १ देखि विस्तृत शान्ति सम्झौता भएको २०६३ मङ्सिर ५ गतेसम्मको अवधिमा मारिएका, विस्थापित भएका र सम्पत्ति क्षति भएकालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा वैशाख ५ देखि असार २ गतेसम्म स्थानीय शान्ति समिति र आयोगमा उजुरी गर्न सक्ने समयसीमा तोकिएको छ ।

त्यस्तै बेपत्ताको हकको बारेमा वैशाख २ गतेदेखि जेठ मसान्तसम्मको उजुरी दर्ता गराउने समयसीमा तोकिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..