» » स्ववियु चुनावप्रति मधेशी विद्यार्थी मोर्चाको कडा आपत्ति


काठमाडौं, २१ चैत्र । तराई–मधेशमा जारी आन्दोलनको सम्बोधन नगरी स्ववियुको चुनाव गराउन नहुने संयुक्त मधेशी विद्यार्थी मोर्चाले माग गरेको छ ।

७ महिना बढी समयदेखि मधेशमा आन्दोलन जारी छ । तर, सरकारले त्यसको सम्बोधन नगरिकन जवर्जस्ती स्ववियुको चुनाव गराउन लागेको प्रति विद्यार्थी मोर्चाले असन्तुष्ट रहेको तराई मधेश विद्यार्थी फ्रन्टका महासचिव मनिष मिश्रले जानकारी गराउनु भयो ।

आन्दोलनका मागहरु सम्बोधन नभईकन त्रिविले सरकार पक्षधर केही विद्यार्थी संगठनहरुको मिलेमतोमा स्ववियु निर्वाचनको घोषणा तयारी गर्नु जलिरहेको आगोमा घ्यू थप्ने कार्य रहेको महासचिव मिश्राले बताउनु भयो ।

विद्यार्थी मोर्चाको हिजो बसेको बैठकले मधेश आन्दोलन शुरु हुनुअघि आफूहरुले पटक पटक स्ववियु निर्वाचनको कुरा उठाउँदा सरकारले वेवास्ता गर्दै आएको थियो तर अहिले आएर आन्दोलनलाई अन्योलमा पार्नका लागि जर्वजस्ती चुनाव गराउन खोजेर मधेश विरोधी गतिविधि भएको ठहर आफूहरुको रहेको विद्यार्थी नेता जेपी यादवले बताउनु भयो ।

‘आन्दोलनलाई राज्यद्वारा सम्बोधनपश्चात् लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यतामा रहि पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीसहित २८ वर्षीय उम्मेदवारको उमेरको हदबन्दी गरी निर्वाचनको घोषणा गर्न’ माग गरिएको छ ।

मधेश आन्दोलन र नाकाबन्दीको मौका छोपी सरकारले कालोबजारीलाई बढावा दिँदै आएको र अहिले नाकाबन्दी नरहेको अवस्थामा पनि अभाव सिर्जना गरेर कालोबजारियालाई नै प्रोत्साहन गरेकोप्रति विद्यार्थी मोर्चाले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ ।

कालोबजारीलाई अन्त्य गरी जनताको दैनिक उपभोग्यवस्तुको सहज आपूर्ति गर्न मागसमेत विद्यार्थी मोर्चाले गरेको । त्यसो नगरिए कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थी मोर्चाले दिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..