» » राज्यबाट शिक्षामा पनि विभेद–महासचिव मिश्र


रौतहट, बैशाख ११ गते । तराई मधेश विद्यार्थी फ्रन्टका महासचिव मनिष मिश्रले राज्यबाट शिक्षामा पनि विभेद भएको बताउनु भएको छ ।
रौतहट फ्रन्टको आज गरौडामा भएको अधिवेशनमा बोल्नु हुँदै महासचिव मिश्रले पहाडको शिक्षा र मधेशको शिक्षामा फरक देखिएको छ, राज्यले पहाडमा शिक्षाका लागि जुन प्रकारले लगानी गरेको छ त्यस्तो लगानी मधेशमा नरहेकाले मधेशको शिक्षा कमजोर भएको उल्लेख गर्नुभयो ।
मधेश प्रदेश पूर्ण शिक्षित हुनुपर्ने र त्यसका लागि अहिले देखि नै तयारी गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थी फ्रन्टलाई जति बलियो गरियो त्यति नै शिक्षामा विकास हुने दावी गर्नुभयो ।

विकासको मूल जड नै शिक्षा हो, उहाँले भन्नुभयो, जहाँ शिक्षा कमजोर छ, त्यहाँ चेतना छैन, चेतना नभएको ठाउँमा विकास शुन्य छ । त्यसैले विकासका लागि शिक्षा अनिवार्य तत्व हो ।’
महासचिव मिश्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनिल सिह, इन्द्र सिह, इन्द्रामा जयसवाल, मोहम्मद कलाम, क्षेत्रिय अध्यक्ष जमेद खान, फ्रन्टका सचिवालय सदस्य अमलोक सिह, फ्रन्टका केन्द्रीय सदस्य उमेश यादवलगायतको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..