» » विद्युत चोरी गर्ने पक्राउ


सप्तरी, वैशाख १४ गते । विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने २४ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्तरुपमा जिल्लाभरि खटिएको अनुगमन टोलीले एकै दिन २४ जनालाई पक्राउ गरिएको नेपाल विद्युत् प्राधिकरण राजविराजका प्रमुख रामउदगार साहले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट पानी ताने दुईवटा मोटर पनि बरामद गरिएको बताइएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही गरिने प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..