» » सर्लाही फ्रन्टमा नयाँ कार्यसमिति

सर्लाही बैशाख १४ गते । तराई मधेश विद्यार्थी फ्रन्टको सर्लाहीमा हिजो भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विवेक जयसवाल रहनु भएको छ भने उपाध्यक्ष अमित यादव, सचिव केशव प्रजापति, सहसचिव जयप्रकाश साह रहनु भएको छ ।

कोषाध्यक्षमा रामजी लागयत ११ सदस्यीय कार्यसमिति चयन भएको फ्रन्टका केन्द्रीय महासचिव मनिष मिश्रले जानकारी गराउनुभयो ।

तमलोपाका सभासद् जंगीलाल राय यादवको प्रमुख अतिथिमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं फ्रन्टका अध्यक्ष सुरेश मण्डल, महासचिव मनिष मिश्र, उपाध्यक्ष शम्भु झालगायतको उपस्थिति थियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..