» » हतियारसहित श्रवण पक्राउ


सिरहा, वैशाख १२ गते । प्रहरीले आज सिरहाको बरियारपट्टिबाट हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बरियारपट्टि–१ स्थितबाट हतियारसहित स्थानीय २४ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको जनाएको छ ।

यादवको घर खानतलासी गर्दा घरमा आगो बाल्न राखेको भिंmजा दाउराभित्र कालो प्लाष्टिकको झोलामा बेरी लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, केएफ–८ एमएम लेखिएको एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवमाथि हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाइने उहाँले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..