» » उपेन्द्रलाई गच्छदारको जवाफः म मधेशको नेता मात्र होइन देशकै नेता हुँ

काठमाडौ बैशाख १४ गते । मधेशी जनअधिकार पफोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले अहिलेको नयाँ संविधान कुनै पनि हालतमा पुनर्लेखन नहुने बताउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गच्छदार थारुको नेता होइन, भौतिक योजना मन्त्रालयको नेता हो भन्दै यो सविधान संशोधन होइन पुनः लेखन हुनुपर्ने धारण सार्वजनिक गरेपनि गच्छदारको यो धारणा आएको हो ।
पूर्व प्रधानमन्त्री एवं एमालेका नेता मनमोहन अधिकारको स्मृतिमा आयोजित कार्यक्रमा बोल्नु हुँदै उहाँले भन्नुभयो, ‘यो सविधानमा ७० बर्षदेखिको सपना गासिएको छ, अब यो संविधान खारेज हुँदैन र पुनर्लेखन पनि हुँदैन, । ‘संविधानको कुन धारामा संशोधन गर्ने हो त्यो मात्र सम्भव छ ।’ उहाँले मधेसमा विभेद पीडा कायम रहे पनि देश भन्दा ठूलो  केही नहुने  धारणा राख्नुभयो । आफू मधेशको मात्र होइन देशकै नेता रहेको उल्लेख गर्दै गच्छदारले भन्नुभयो, ‘मधेसमा पीडा र विभेद छ तर मेरो लागि मधेस भन्दा ठूलो देश हो, देशलाई सर्बोपरि मानेर मैले संविधान बनाउन योगदान गरेको छु ।’ ‘संघर्षबाट  देशलाई खरबै क्षति भइसक्यो, मधेसमा कुनै नेताका छोराछोरी आन्दोनलनमा मरेका छैन सबै जनतका छोरी छोरी मरेकाले मधेशकै नेता मै हुँ भनि घमण्ड नगर्न चेतावनी उहाँले दिनुभयो ।

 व्यक्तिगत र पार्टीले समेत ठूलो जोखिम मोलेर १६ बुँदे सहमति मार्फत् संविधान दिलाउने काममा आफू लागेको भन्दै गच्छदारले यसको कार्यान्वयनका लागि अझै वातावरण पूर्ण रुपमा नबनिसकेको बताउनुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..