» » सिचाई मन्त्रीले भन्नुभयो, ‘सिहदरवार मधेशप्रति पूर्वाग्रही र सम्प्रादायी रहेको छ’

महोत्तरी बैशाख १५ गते । सिचाइ मन्त्री उमेशकुमार यादवले देश संघीय लोकतान्त्रिक गणतान्त्रिक भएपनि सिहदरवार पंचायती शैलीमा चलिरहेको कडा टिप्पणी गर्नुभएको छ ।

सिहदरवार अझै जनताको दरवार हुन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘सिहदरवार जनताप्रति पूर्वाग्रही र सम्प्रदायी रहेको छ । खास गरि मधेशको अधिकार दिनमा सिहदरवार पूर्वाग्राही र सम्प्रदायी भएको छ । मैले आफै अनुभव गरेको छु ।’

मंगलवार महोत्तरीको बगडामा अनरवन पथरा सिंचाइ योजनाको शिल्यानाश कार्यक्रमपछि बोल्नु हुँदै उहाँले समृद्ध तराई विशेष सिँचाइ कार्यक्रमका लागि अर्थ मन्त्रालयले शीर्षक दिएपनि बजेट नदिएको प्रति आक्रोश व्यक्त गर्नुभयो । यो बजेट एमालेले रोकेको भनि ठाडै आरोप लगाउँदै उहाँले सिहदरवारको सोचमा परिवर्तन नभएसम्म जनताले लोकतन्त्रको अनुभूति गर्न नसक्ने धारणा राख्नुभयो ।  

सिहदरवारमा केही व्यक्ति बलेको आगो ताप्ने प्रवृतिका छन्, उहाँले भन्नुभयो, कसैको घरमा आगो लागेका हुन्छन् तर कतिपय यस्ता व्यक्ति हुन्छन् जो त्यही आगो तापेर ‘इन्ज्वाई’ गरेका हुन्छन् । त्यस्तो प्रवृतिका व्यक्ति सिहदरवार पाइन्छ । त्यस्ता सम्प्रदायी व्यक्तिलाई नष्ट गर्नुपर्छ । र, जनताबाट मात्र संभव हुन्छ ।’ उहाँले एकपटक जनताले सिहदरवार विरुद्ध मात्र आन्दोलन गर्नुपर्ने पनि धारणा राख्नुभयो ।

मधेशमा जल संकट शुरु भएको बताउँदै त्यसका लागि उहाँले चुरे संरक्षणमा लाग्न सबैमा आग्रह गर्नुभयो । चुरे क्षेत्रभन्दा तल राजमार्ग छेउछाउमा पानीको हाहाकार शुरु भइसकेको छ, जनताले तलबाट ट्याक्टरमा पानी ओसारेर खाने गरेका छन्, उहाँले भन्नुभयो, यस्तै अवस्था रह्यो भने मधेशमा पनि पेट्रोलिय पदार्थ जस्तै पानी ओसार पोसार गर्नुपर्छ ।’ चुरे संरक्षणका लागि संघर्ष गर्नुपर्ने भन्नुहुँदै उहाँले चुरे विनाशमा केही शक्ति सुनियोजित रुपमा  लागेको बताउनुभयो ।

चुरे विनाशका कारण महेन्द्र राजमार्ग छेउछाउका इनार, पोखरी, कलहरु सुक्दै गएको प्रति चिन्ता व्यक्त गर्दै चुरे विनाशका कारण मधेशमा विकराल स्थिति उत्पन्न हुने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले एक अर्को प्रसंगमा भन्नुभयो, विकास कार्यमा पनि मधेशमा राजनीतिक हुने गरेको टिप्पणी गर्नुभयो ।

विकासमा यो दल वा त्यो दल हुनुहुँदैन, सबै दल एक हुनुपर्ने उल्लेख गर्दै उहाँले पहाडमा विकासको नाममा राजनीतिक हुँदैन सबै दलले एकजुट भएर विकास गर्ने गरेको र त्यो संस्कार मधेशमा पनि हुनुपर्ने कुरामा जोड दिनुभयो ।

 उहाँले महोतरी जिल्लाका लागि ७० वटा पोखरी, ७० वटा इनार मर्मत तथा जिनोद्धार कार्यक्रम अगाडि बढी सकेको तथा सात सय स्यालो ट्युवेल र १४ डिप बोडिगंको काम पनि अगाडि बढी सकेको जानकारी सो अवसरमा दिनुभयो । उहाँले सिचाईमा जतिपनि काम हुन्छ, त्यो एमाओवादीको मात्र होइन सबै दलको सबैले मिलेर त्यसलाई पूरा गर्न आग्रह गर्नुभयो ।

शिल्यानाश गरिएको सिचाइ योजनाका लागि दुई करोड ९९ लाख ९३ हजार बजेट छुट्याइएको छ । यो योजना पुरा भएपछि सो क्षेत्रका दुई हजार हेक्टर जमिन सिंचित हुने सिंचाइ विकास डिभिजन कार्यालय महोत्तरीका प्रमुख श्यामानन्दन यादवले जानकारी गराउनुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..