» » सिँचाई मन्त्रीले भन्नुभयो, ‘रोल्पालीको बलिदानी खेर जाँदैन’


रोल्पा बैशाख १५ गते । सिँचाइ मन्त्री उमेश कुमार यादवले जनताले माग नगरेपनि गर्नुपर्ने कार्य समयमा गर्न निर्देशन दिनुभएको छ ।

विभिन्न कार्यक्रममा सहभागि हुन बुधवार रोल्पा आउनु भएका मन्त्री यादवले सिचाई विकास डिभिजन कार्यालय रोल्पाको अनुगमन गर्ने क्रममा सो निर्देशन दिनु भएको हो । अनुगमनका क्रममा डिभिजन प्रमुख ले यहाँका जनताले सिँचाइप्रति कुनै चासो नराखेको तथा कुनै माग लिएर समेत नआएको भनेपछि मन्त्री यादवले सो निर्देशन दिनुभयो ।

सिँचाइ कार्यालयले के काम गर्छन्, जनतालाई के के सुविधा दिन्छन् भन्ने कुराहरु थाह नभएर जनता नआएको हुनसक्छ भन्नु हुँदै मन्त्री यादवले सिँचाईको योजना तथा कार्यक्रमको बारेमा जनतालाई जानकारी दिनुपर्ने बताउनु भयो । सरकारले ल्याउने कतिपय योजना तथा कार्यक्रमको बारेमा जानकारी जनतालाई नहुन पनि सक्छ त्यसैले जनताले भनेपनि नभने पनि काम गर्नुपर्ने निर्देशन दिनुभयो ।

जिल्ला सिँचाइ कार्यालयले गर्ने कार्यका लागि मन्त्रालयले बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै इमान्दारीपूर्वक कार्य गर्न निर्देशन दिनुभयो । टार सिँचाइ योजनाअन्तर्गत रोल्पा जिल्लाका विभिन्न ठाउँमा सिँचाई योजनाहरु सञ्चालन गरिने भन्नु हुँदे उहाँले सोही दिन सम्भावित धनबुढा लिफ्ट सिँचाइ योजनाको स्थलगत अवलोकन गर्नुभयो । त्यहाँ पानीको स्रोत देखिएको छ त्यसलाई लिफ्टमार्फत टारहरुमा सिँचाइ पुर्याउने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

रोल्पाली जनताले दिएको बलिदानी खेर नजाने बताउँनु हुँदै मन्त्री यादवले यहाँका जनताले दिएको बलिदानका कारण नयाँ युगको थालनी भएको छ, यद्यपी अहिले पनि रोल्पाली जनता विकासबाट पछाडि परेको छ, अब आउने दिनमा विकासको अनुभूति गरिने किसिमको काम हुनुपर्ने धारणा राख्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..